समाज

संयुक्त दलित अधिकार मञ्च रुकुम (पुर्व) को आकस्मिक बैठक सम्पन्न

simarekha

आज अन्तर्राष्ट्रिय रंगभेद तथा जातीय विभेद उन्मुलन दिवसको अवसरमा रेडियो कार्यक्रम दलित आवाजका प्रस्तोता एवं बहुप्रतिभाका खानी स्वर्गीय पत्रकार बिक्रम परियारको श्रद्धाञ्जली सभा कार्यक्रममा संयुक्त दलित अधिकार मञ्च रुकुम (पुर्व) को आकस्मिक बैठक सम्पन्न भएको छ ।

चेतराम नेपालीको अध्यक्षतामा संयुक्त दलित अधिकार मञ्च रुकुम (पुर्व) को आकस्मिक बैठक स्वर्गीय पत्रकार बिक्रम परियारको घरमा सम्पन्न भएको हाे ।

उक्त आकस्मिक बैठकले विभिन्न तिन ओटा निर्णयहरु पारित गरेको छ । जसमा गत साेमबार ५ गते बागलुङको निसिखोलामा बस दुर्घटना भइ जीवन गुमाउनु हुने बिक्रम परियार लगायत ९ जना मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार जनमा गहिरो समवेदना ब्यक्त गर्नुका साथै घाइतेहरुको प्रभावकारी स्वास्थ्य उपचार र  पूर्ण स्वास्थ्य लाभको कामना गरिएकाे छ ।

त्यस्तै बैठकले बहुप्रतिभाशाली युवा बिक्रम परियारको स्मृतिमा परिवारका सदस्यहरुकै नेतृत्वमा परिचालन गर्ने गरि रुमालवाराको बिद्यालयमा अक्षयकोष निर्माण गर्न ठोस कार्ययोजना बनाएर अघि बढ्ने निर्णय गर्नुका साथै ५९ औं जातीय विभेद तथा रंगभेद उन्मूलन दिवसको अबसरमा सम्पूर्ण उत्पीडित मुक्तिकामी जनसमुदायलाई शुभकामना ब्यक्त गर्ने निर्णय गरिएको छ ।

बैठकमा दलित अधिकारकर्मीहरु उपेन्द्रलाल कामी, हर्कविर कामी लगायतका अधिकारकर्मीहरु काे पनि उपस्थिति रहेको थियो ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार