स्थानीय सरकार

सिस्ने ८ मा सम्पन्न एकीकृत घुम्ती शिविर अन्तर्गत ४ सय ४६ जनाले लिए सेवा

simarekha

सिस्ने गाउँपालिकाको आयोजानामा जनताको घरदैलोमा सेवा प्रवाह गर्ने उद्देश्यले धपेमा एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । दोस्रो दिन अर्थात मंगलबार वडा नम्बर ८ काे वडा कार्यालय धपेमा एकीकृत घुम्ती शिविर सम्पन्न भएको हाे । शिविरमा ४ यस ४६ जना वडावासीहरुले सेवा लिएका हुन ।

शिविरमा १६४ जना कृषकहरुलाई विभिन्न तरकारीको बिउबिजन वितरण गरिएकाे छ । घुम्ती शिविरमै १ नयाँ कृषि समुह दर्ता १ कृषि समुह नविकरण तथा २ जना बिरामीहरुको स्वास्थ्य परिक्षण गरिएकोमा १०१ जनालाई औषधि वितरण गरिएको सिस्ने गाउँपालिका प्रशासन शाखा प्रमुख अरुण कुमार ओलीले जानकारी दिनुभएको छ ।

त्यस्तै शिविरमा ११७ जनालाई पशुपंन्छीको उपचार परामर्श तथा औसधि वितरण गरिएको छ भने ४ जना जेष्ठ नागरिकलाई र ४ जनालाई अपाङ्ग परिचयपत्र वितरण गरिएको छ ।

शिविरमा ६ ओटा पञ्जिकरण सम्बन्धी सेवा एउटा  जन्मदर्ता १ मृत्यु  दर्ता र १ सामाजिक  सुरक्षा दर्ता तथा रोजगार सेवा केन्द्र अन्तर्गत ४२ जनालाई बेरोजगार सूचीकरण फाराम भर्न सहजीकरण गरिएको छ ।

साथै २ जनालाई सुरक्षित वैदेशिक रोजगारी तथा श्रम स्वीकृति नविकरण सम्बन्धि परामर्श सेवा र वडाका नागरिकलाई मेलमिलाप सम्बन्धी आवश्यक सल्लाह सुझाव र विभिन्न हिंसामा परेका हिंसा प्रभावितलाई प्रामर्श सेवा दिइनुका साथै स्यालापाखा स्वास्थ्यचौकीको सेवा प्रभाह समस्या लगायतका कुराहरुमा पनि अनुगमन गरिएको छ ।

यसरी गाउँलालिकाले एकीकृत घुम्ती शिविर वडामै सञ्चालन गर्दा आफुहरु निकै खुसी भएको स्थानीयहरुकाे भनाइ रहेको छ ।

उक्त एकीकृत घुम्ती शिविरमा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी‚ उपाध्यक्ष गोपाल रेउले‚ प्रमुख प्रशासकिय अधिकृत रेवत बहादुर बुढाथोकी‚ सामाजिक विकास समित प्रमुख तिर्था पुन‚ ८ नम्बर वडा अध्यक्ष गाेपाल पुन, सिस्ने गाउँपालिकाका इन्जिनियर कर्ण केसी, प्रशासन शाखा प्रमुख अरुण कुमार ओली पालिकाका विभिन्न शाखाका प्रमुख तथा कर्मचारी पत्रकार लगायतकाे टोली रहेको थियो ।


 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार