शिक्षा
डिप्रोक्स रुकुमकोट शाखाद्वारा विद्यार्थीसँग वित्तिय साक्षरता कार्यक्रम
![simarekha](https://himalionline.com/uploads/news/images/578451540received_1532936257563034..jpeg)
रूकुमकोट : डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेड रुकुमकोट रूकुम पुर्वले विद्यार्थीहरुसँग वित्तिय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।
'ग्लोबल मनी वीक, आफ्नो पैसा सुरक्षित गर्नुहोस्, आफ्नो भविष्य सुरक्षित गर्नुहोस्’ भन्ने मुल नाराका साथ संस्थाले विद्यार्थीहरुको उपस्थितिमा उक्त कार्यक्रमकाे आयोजना गरेको हो ।
कार्यक्रममा त्रिभुवन जनता माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत ७० जना बिद्यार्थिहरुको उपस्थितिमा भयको थियो ।
कार्यक्रममा डिप्रोक्स लघुवित्त्त संस्थाका शाखा प्रबन्धक दामोदर गौतमले बिद्यार्थिहरुलाई बैंक तथा बित्तिय संस्थाको इतिहास, हालको अवस्था, यसका प्रकार, उद्देश्य तथा महत्वबारे जानकारि गराउनुभएकाे थियो । उहाँले विद्यार्थीहरुलाई बित्तिय संस्थामा बचत गर्दा हुने फाईदा तथा बचतका प्रकारका बारेमा समेत जानकारी दिनुभएकाे थियो । त्यस्तै सहभागिलाई घरायसि बजेट निर्माण गर्ने तरिका तथा यसका फाईदाकाे बारेमा पनि सिकाईएको थियो ।
कार्यक्रममा बिद्यालयका प्रध्यानध्यापक मदन कुमार गौतम तथा बिद्यालयका लेखापाल सुबास गौतम, शिक्षक शोभाकर गौतम , मदन गौतम लगायतका शिक्षकहरुको उपस्थिति रहेकोकार्यक्रमकाे संचालन डिप्रोक्स लघुवित्तका कनिष्ट सहायक दुर्गा पुरिले गर्नुभएको थियो ।
Download
- संयुक्त दलित अधिकार मञ्च रुकुम (पुर्व) को आकस्मिक बैठक सम्पन्न
- डिप्रोक्स रुकुमकोट शाखाद्वारा विद्यार्थीसँग वित्तिय साक्षरता कार्यक्रम
- अग्नि नियन्त्रण गर्न मौरी ओढार सामुदायिक बगैंचा समिती सिस्ने २ सुद्री एक्सनमा
- बागलुङ बस दुर्घटना : पछिल्लो अपडेट
- छिपखाेलामा आगाेले पाेल्दा राजकुमार पुन गम्भीर घाइते
- जनता मावि पाेखराद्वारा एसइइ का १ सय ११ जना विद्यार्थीलाई विदाइ
- रुकुमकोटमा पत्रकारका लागि घुम्ती शिविर सम्पन्न
- रुकुम पश्चिमको चौरजहारी नगरपालिकालाई उत्कृष्ट नगरपालिका पुरस्कार, २०८० प्रदान
- सिस्ने ८ मा सम्पन्न एकीकृत घुम्ती शिविर अन्तर्गत ४ सय ४६ जनाले लिए सेवा
- आधारभूत विद्यालय स्यालापाखाकाे अनुगमन, जे शिर्षकमा बजेट आउछ त्यसैमा खर्च गर्न निर्देशन