स्वास्थ्य

छिपखाेलामा आगाेले पाेल्दा राजकुमार पुन गम्भीर घाइते

simarekha

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर २ काे छिपखाेलामा आगाेलागि हुदा राजकुमार पुन गम्भीर घाइते हुनुभएको छ । एक्कासि वनमा आगाेलागे पछि आफ्नो घरगाेठ जाेगाउँदा पुनलाई आगाेले पाेलेकाे हाे ।

पुनको अहिले रुकुम पूर्व अस्पतालमा उपचार भैरहेको छ । आगाेले धेरै पाेलेकाले अझै अस्पतालमा कति दिन बस्ने भन्ने निश्चित नभएको घाइते पुनका श्रीमती  लक्ष्मी घर्ती पुनले बताउनुभएको छ । उहाँका अनुसार आर्थिक अवस्था कम्जोर हुदा अहिलेसम्म चलेको तर अबको दिनहरुमा औंषधि उपचार तथा खाना खर्चमा समस्या हुने बताउनुभएको छ ।

घाइते पुनकाे पनि सरकार पक्ष तथा सबै नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुले सहयोग गरे आफु छिटो निकाे हुने उपेक्षा छ ।

 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार