स्थानीय सरकार

रुकुम पश्चिमको चौरजहारी नगरपालिकालाई उत्कृष्ट नगरपालिका पुरस्कार, २०८० प्रदान

simarekha

चौरजहारी नगरपालिका उत्कृष्ट नगरपालिकाको रुपमा पुरस्कृत भएको छ । 

नगरपालिका संघकाे ३१ औं स्थापना दिवसको अवसरमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका उत्कृष्ट नगरपालिकाको रुपमा पुरस्कृत भएको हाे । नगरपालिकालाई उत्कृष्ट नगरपालिका पुरस्कार, २०८० प्रदान गरिएको छ । 

आर्थिक वर्ष ०७९/०८० मा वन, वातावरण, जलवायु परिवर्तन र उत्थानशीलता क्षेत्रमा उल्लेख्य कार्य सम्पादन गरेको भन्दै उच्च मूल्याङ्कन गरि चौरजहारी नगरपालिकालाई उत्कृष्ट नगरपलिका पुरस्कार प्रदान गरिएको हो । 

संघले आयोजना गरेको एक बिशेष समारोहका बिच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले चौरजहारी नगरपालिका प्रमुख पुष्प बादीलाई सम्मानसहित पुरस्कार प्रदान गर्नुभएको छ । 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार