शिक्षा

जनता मावि पाेखराद्वारा एसइइ का १ सय ११ जना विद्यार्थीलाई विदाइ

simarekha

नता मावि पाेखराले यसइइ का विद्यार्थीहरुलाई विदाई गरेको छ । शुक्रबार एक कार्यक्रमकाे आयाेजना गर्दै विद्यालयले कक्षा १० मा अध्यनरत १ सय ११ जना विद्यार्थीहरुलाई विदाई गरेको हाे ।

विद्यार्थी विदाई कार्यक्रममालाई सम्बाेधन गर्दै जनता मावि पाेखराकाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देविलाल गिरी, शिक्षक अभिभावक संघका अध्यक्ष दिल बहादुर केसी, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, प्रधानाध्यापक कलु खड्का, शिक्षक जाेख बहादुर लामिछाने लगायत अन्य शिक्षकहरूले यसइइमा उत्कृष्ट अंक ल्याएर पास गर्न तथा इमानदारीता लगनशील तथा विद्यालयकाे शिर उच्च राख्ने हिसाबले उज्ज्वल भविष्यलाई अगाडि बढाउन शुभकामना व्यक्त गर्नुभएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष देविलाल गिरीको अध्यक्षतामा सुरु भएको उक्त विदाई कार्यक्रममा, शिक्षक अभिभावक संघका अध्यक्ष दिल बहादुर केसी, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, जनता मावि पाेखराका प्रधानाध्यापक कलु खड्का लगायत विद्यालयका सबै शिक्षकहरुकाे आतिथ्यता रहेको कार्यक्रमकाे स्वागत मन्तव्य शिक्षक जाेख बहादुर लामिछानेकाेले राख्नुभएको थियो भने कार्यक्रमकाे सञ्चालन शिक्षक बेगम केसीले गर्नुभएको थियो ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार