अर्थ

डिप्रोक्स रुकुमकोट शाखाद्वारा विद्यार्थीसँग वित्तिय साक्षरता कार्यक्रम

simarekha

रूकुमकोट : डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेड रुकुमकोट रूकुम पुर्वले विद्यार्थीहरुसँग वित्तिय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

'ग्लोबल मनी वीक, आफ्नो पैसा सुरक्षित गर्नुहोस्, आफ्नो भविष्य सुरक्षित गर्नुहोस्’ भन्ने मुल नाराका साथ संस्थाले विद्यार्थीहरुको उपस्थितिमा उक्त कार्यक्रमकाे आयोजना गरेको हो ।

कार्यक्रममा त्रिभुवन जनता माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत ७० जना बिद्यार्थिहरुको उपस्थितिमा भयको  थियो ।

कार्यक्रममा डिप्रोक्स लघुवित्त्त संस्थाका शाखा प्रबन्धक दामोदर गौतमले बिद्यार्थिहरुलाई बैंक तथा बित्तिय संस्थाको इतिहास, हालको अवस्था, यसका प्रकार, उद्देश्य तथा महत्वबारे जानकारि गराउनुभएकाे थियो । उहाँले विद्यार्थीहरुलाई बित्तिय संस्थामा बचत गर्दा हुने फाईदा तथा बचतका प्रकारका बारेमा समेत जानकारी दिनुभएकाे थियो । त्यस्तै सहभागिलाई घरायसि बजेट निर्माण गर्ने तरिका तथा यसका फाईदाकाे बारेमा पनि सिकाईएको थियो ।

कार्यक्रममा बिद्यालयका प्रध्यानध्यापक मदन कुमार गौतम तथा बिद्यालयका लेखापाल सुबास गौतम, शिक्षक शोभाकर गौतम , मदन गौतम लगायतका शिक्षकहरुको उपस्थिति रहेकोकार्यक्रमकाे संचालन डिप्रोक्स लघुवित्तका कनिष्ट सहायक दुर्गा पुरिले गर्नुभएको थियो ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार