शिक्षा

आधारभूत विद्यालय स्यालापाखाकाे अनुगमन, जे शिर्षकमा बजेट आउछ त्यसैमा खर्च गर्न निर्देशन

simarekha

सिस्ने गाउँपालिका वडा नम्बर ८ मा रहेको आधारभूत विद्यालय स्यालापाखामा विद्यालय अनुगमन गरिएको छ । गाउँपालिकाकाे एकीकृत घुम्ती सेवा शिवर अन्तर्गत विद्यालयकाे पनि अनुगमन गरिएको हाे । 

विद्यालय अनुगमन गर्दा भौतिक संरचना तथा निजी शिक्षिकालाई तलब खुवाउन धेरै समस्या भएको देखिएकाे छ । त्यस्तै विद्यालयमा सार्वजनिक बाटो विद्यालयकाे बिच भागबाट भएकाले गाईवस्तु र मानिस हिड्ने हुदा विद्यार्थीलाई पढाइ रहेकाे समयमा विद्यार्थीहरुकाे ध्यान केन्द्रित गर्न समस्या हुनेगरेकाे विद्यालयले जनाएको छ । 

गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले शिक्षा क्षेत्रलाई अब अलि नयाँ तरिकाले लैजानुपर्ने र त्यो कुराकाे सुरुवात शिक्षकहरु बाटै शुरु हुनुपर्ने बताउनुभएको छ । अध्यक्ष रेग्मीले भौतिक संरचना इत्यादी कुरामात्रै नअल्झिएर कार्य संपादन गर्न र नयाँ प्रविधि तथा तालिमहरुकाे कुरामा ध्यान दिन निर्देश दिनुभएको छ ।

सिस्ने गाउँपालिकाका उपाध्यक्ष गाेपाल रेउलेले विद्यालयकाे समस्या विस्तारै गाउँपालिकाले सम्बाेधन सम्बाेधन गर्दै जाने हुदा विद्यालयकाे अन्य पाटाेहरु लेखापरीक्षण, अलि सफासुगर अनुशासन जस्ता कुराहरूमा ध्यान दिन आग्रह गर्नुभएको छ । 

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेवत बहादुर बुढाथोकीले विद्यालयकाे समस्याहरु धेरै हुनु स्वाभाविक नै भएको तर पनि सबै समस्याले मात्रै भन्दापनि सबैभन्दा ठुलो इच्छा शक्ति हुने बताउनुभएको छ । प्रमुख प्रशासकीय अधिकृत बुढाथोकीले संस्थाले इच्छाशक्तिका साथ विद्यालयलाई अगाडि बढाउन प्रयास गरे गाउँपालिकाले विद्यालयमा लगानी गर्ने वातावरण आफै बन्ने बताउनुभएको छ । 

अनुगमन गर्दा कार्यालय तथा कक्षा काेठा अलि व्यवस्थापन गर्नुपर्ने देखिएको गाउँपालिका युवा शिक्षा तथा खेलकुद शाखा प्रमुख मंगल सिङ बुढाले जानकारी दिनुभएको छ । त्यस्तै उहाँले सरकार बाट के शिर्षकमा बजेट आएको छ त्यही शिर्षकमा इमानदारीपूर्वक खर्च तथा लेखापरीक्षण गर्न आग्रह गर्दै अभिभावक भेला तथा सृजनात्मक कामहरु लाई पनि अल्ली बढी ध्यान दिनुपर्ने बताउनुभएको छ । 

विद्यालय अनुगमण कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी‚ उपाध्यक्ष गोपाल रेउले‚ प्रमुख प्रशासकिय अधिकृत रेवत बहादुर बुढाथोकी‚ सामाजिक विकास समित प्रमुख तिर्था पुन‚ सिस्ने गाउँपालिकाका इन्जिनियर कर्ण केसी पत्रकार लगायतको टोली रहेको थियो ।

 

 

 

 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार