खेलकुद

रुकुमकाेटमा आयाेजित फुटबल र व्याडमिन्टन प्रतियोगिता सम्पन्न

simarekha

रुकुम पुर्वकाे सिस्ने गाउँपालिका वडा नम्बर ६ काे आर्थिक सहयोग तथा  रुकुमकाेट फुटबल क्लबकाे आयाेजनामा सञ्चालन भएको खुला पुरुष फुटबल तथा पुरुष डबल व्याडमिन्टन प्रतियोगिता २०८० सम्पन्न भएको छ । महाशिवरात्रीकाे अवसरमा गत शुक्रबार देखि सुरु भएको उक्त खुला पुरुष फुटबल र व्याडमिन्टन प्रतियोगिता आज सम्पन्न भएको हाे ।

जसमा व्याडमिन्टन प्रतियोगिता तर्फ रुकुम पश्चिमका महेन्द्र पुन र मुस्कान केसीकाे जाेडी बिजेता भएको छ भने रुकुम पूर्वका लक्ष्मण बिक र मदन विसीकाे जाेडी उप बिजेता बनेकाे छ । त्यस्तै रुकुम पूर्वकै गंगा पुन र भानु सुनार तथा छवि घर्ती र विनाेद बुढाकाे जाेडी सान्त्वना भएको छ । बिजेता जाेडीले २२ हजार प्राप्त गर्दा उपबिजेता जाेडीले १५ हजार पुरस्कार राशि पाएकाे छ भने सान्त्वना २ जाेडीहरुले ७ / ७ हजार नगत सहित सबैले प्रमाणपत्र कप र मेडल प्राप्त गरेका हुन ।

यसैबीच फुटबल प्रतियोगितामा चण्डीदल गण रुकुम पूर्व बिजेता हुदा रुकुमकाेट फुटबल क्लब अर्थात आयाेजकले उपबिजेतामा चित्त बुझाएको छ । फुटबल बिजेताले नगत ५० हजार पुरस्कार पाएकाे छ भने उपविजेता आयाेजकले नगत २५ हजार प्राप्त गरेको खेल संयोजक शाेहेल श्रेष्ठले जानकारी दिनुभएको छ ।

पुरस्कार वितरण तथा खेल समापन कार्यक्रममा सिस्ने गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष पुर्ण जङ मल्ल,चण्डीदल गण रुकुम पुर्वका गनपति प्रकाश कार्की लगायत खेल प्रेमीहरुकाे उपस्थिति रहेको समापन कार्यक्रमकाे सहजिकारण अम्मर खत्रीले गर्नुभएको थियो ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार