स्थानीय सरकार

एकीकृत घुम्ती शिविर अन्तर्गत दादिङमा ४ सय बढीले लिए सेवा

जनताको घरदैलोमा सेवा प्रवाह गर्ने उद्देश्य
simarekha

 

सिस्ने गाउँपालिकाको एकीकृत घुम्ती शिविर आइतबार बाट सुरु भएको छ । सिस्ने गाउँपालिका वडा नम्बर ४ दादिङ बाट एकीकृत घुम्ती शिविर सुरु भएको हाे ।

सिस्ने गाउँपालिकाको आयोजानामा जनताको घरदैलोमा सेवा प्रवाह गर्ने उद्देश्यले वडा नम्बर ४ को दादिङमा १६७ जना कृषकहरुलाई विभिन्न तरकारीको बिउबिजन वितरण गरिएको छ भने १२३ जना बिरामीहरुको निशुल्क स्वास्थ्य परिक्षण तथा औषधि वितरण गरिएको छ ।

पशुपन्छीको उपचार परामर्श तथा औषधि वितरणमा १०७ जनाले सेवा लिएकाे गाउँपालिकाकाे भनाइ छ । त्यस्तै ४ जनाले जेष्ठ नागरिक तथा ६ जनाले अपाङ्ग परिचयपत्र पाएकाे र वडा नम्बर ४ मा रहेका ३ वटा सामुदायिक र एउटा संस्थागत विद्यालयको अनुगमन तथा ६ ओटा पञ्जीकरण सम्बन्धी सेवा ३ वटा जन्मदर्ता १ मृत्यु  दर्ता  १ सामाजिक सुरक्षा सेवा दर्ता सेवा दिइएको सिस्ने गाउँपालिका प्रशासन शाखा प्रमुख अरुण ओलीले जानकारी दिनुभएको छ ।

साथै उक्त सिबिरबाट वडाका नागरिकहरुलाई मेलमिलाप सम्बन्धी आवश्यक सल्लाह सुझाव र विभिन्न हिंसामा परेका हिंसा प्रभावितहरुलाई प्रामर्श सेवा पनि दिईएको छ भने शिविरमा ४ सय १८ जनाले सेवा लिएको गाउँपालिकाकाे भनाइ रहेको छ ।

यसरी गाउँपालिकाले एकीकृत घुम्ती शिविर वडामा सञ्चालन गर्दा जेष्ठ नागरिक, अपांग, महिला तथा बालबालिकाहरुलाई सहज भएको सिस्ने ४ दादिङकी की मिना बुढाले जानकारी दिनुभएको छ । स्थानीय सरकार आएपछि पहिलेकाे भन्दा धेरै सहज भएको र सेवा लिनेहरुकाे तछाडमछाड भएको सिस्ने ४ दिदिङकी शितल घर्तीकाे भनाइ छ । त्यस्तै स्थानीयहरुले अलि भौगोलिक हिसाबले विकट ४ नम्बर वडा जस्तो ठाउँहरुमा वडामा भन्दा पनि सेवा बढाएर २/३ ठाउँमा शिविर सञ्चालन गरे जेष्ठ नागरिक, अपांग, महिला तथा बालबालिकाहरु लाभान्वित हुने बताएका छन ।

घुम्ती शिविर मंगलबार २९ गते वडा नम्बर ८ धपेको वडा कार्यालयमा, ३० गते वडा नम्बर ७ सान्चौरको वडा कार्यालयमा, र चैत्र १ गते वडा नम्बर ३ पोखरा वडा कार्यालयमा सन्चालन हुने सिस्ने गाउँपालिकाले जनाएको छ ।

गाउँ पालिकाले उक्त घुम्ती सिवीर सम्बन्धित वडा कार्यालयमा विहान १० वजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने र सबैकाे उपस्थितीका लागि यस अघिनै एक सुचना जारी गरि सबैमा जानकारी बनाइसकेकाे छ ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार