स्वास्थ्य

कर्मरुजी विक बचाउ अभियान सुरु भए सँगै विककाे निधन

simarekha

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ४ अर्जलकी कर्मरूजी विक बचाउ अभियान सुरुभएको केही दिनमै विकको निधन भएको छ। उपचार खर्च धान्न परिवारलाई गार्‍हो भएपछि कर्मरूजी विक बचाउ अभियान सुरुगरिएको केही दिनमानै उहाँको निधन भएको हाे ।

पुथा उत्तरगंगा गाउँपालिका घन्मा निवासी २७ वर्षकी  कर्मरूजी विक केही महिना यता मिसन अस्पताल, तानसेन, पाल्पामा भर्ना भई उपचार गराइरहनुभएकोमा दिदिकाेको आज बिहान ४ बजेर २२ मिनेटमा अस्पतालमै निधन भएको उहाँका भाई गाेर्ख बहादुर कामी ( सागर ) ले जानकारी दिनु भएको छ । विकलाई आन्द्रामा इन्फ्याक्सन भए पछि अस्पताल भर्ना गरिएको थियाे थियो ।

दिदिलाई लाई बचाउन पाँच लाख रुपियाँ भन्दा बढी खर्च गर्दा पनि उहाँकाेकाे उपचार सम्भव नभएको उहाँका अर्का भई रवी विकले बताउनुभएको छ ।अस्पताले विकको उपचारमा करीब १० देखि १२ लाख रुपैयाँ लाग्ने बताएपछि परिवारले कर्मरुजी विक बचाउ अभियान थालेको थियो ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार