अर्थ

रुकुम पूर्वकी कर्मरूजी विकको आन्द्रामा इन्फ्याक्सन भएपछि उपचारमा समस्या

simarekha
कर्मरुजी विक काे फाेटाे

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ४ अर्जलकी कर्मरूजी विक बचाउ अभियान सुरु भएको छ । उपचार खर्च धान्न परिवारलाई गार्‍हो भएपछि कर्मरूजी विक बचाउ अभियान सुरु भएको हाे । 

पुथा उत्तरगंगा गाउँपालिका घन्मा निवासी २७ वर्षकी  कर्मरूजी विक केही महिना यता मिसन अस्पताल, तानसेन, पाल्पामा भर्ना भई उपचार गराइरहनुभएको छ । विककाे आन्द्रामा इन्फ्याक्सन भएको परिवारले जनाए छ । 

परिवारका अनुसार अहिलेसम्म पाँच लाख रुपियाँ भन्दा बढी उपचारमा खर्च भइसकेको छ । अस्पताले विकको उपचारमा १० देखि १२ लाख रुपैयाँ लाग्ने बताएपछि घर परिवारकाे कमजोर आर्थिक अवस्था भएको कारण अब उपचार गराउन नसक्ने अवस्थामा परिवार पुगेको हाे । 

परिवारले उपचार खर्च जुटाउन नसकेपछि सबै नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा सकेको सहयोग गर्न अपिल गरेको छ ।

 

No description available.

  • माथि दिएको QR मा Scan गरि सकेको सहयोग गर्न सकिनेछ ।

 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार