स्थानीय सरकार

सिस्ने गाउँपालिका द्वारा ६८ सहिद परिवारहरु सम्मानित

simarekha

रुकुम पूर्वकाे सिस्ने गाउँपालिकाले सहिदहरुलाई सम्मान गरेको छ । आइतबार गाउँपालिकाले राज्य पक्षका र विद्राेह पक्षबाट देशका निम्ति विभिन्न काल खण्डमा जीवन उत्सर्ग गर्ने सहिदहरुलाई सम्मान गरिएको हाे ।

गाउँपालिकाले पालिकाभर रहेका ६८ जना सहिद परिवारहरुलाई खादाकाे रुपमा बर्की र एक - एक धार्नी मह दिएर सम्मान गरेको छ । गाउँपालिकाले ६८ जना नाम समावेश भएका मध्य सम्मान कार्यक्रममा छुटेका सहिद परिवारहरुलाई आ-आफ्नो वडा कार्यालयमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले देशको आमुल परिवर्तन गर्न सहिदहरुले खेलेको त्याे भुमिका महान तथा सम्झन लायक भएको बताउनुभएको छ । त्यस्तै अध्यक्ष रेग्मीले छिटै टिआर्सी विधेयक टुङ्गोमा पुर्याउनुपर्ने बताउदै गाउँपालिकाले सहिद परिवारहरुकाे निम्ति छिटै सहिद परिवारकाे जीवन स्तरलाई माथि उकास्ने खालको निति बनाइ राहत हुने खालको काम गर्ने बताउनुभएकाे छ ।

गाउँपालिका उपाध्यक्ष गाेपाल रेउलेले सरकारले सहिद परिवारका सदस्यहरु लाई बेलाबखत हाल खबर बुझ्न तथा वास्त गर्ने दायित्व सरकारकाे भएकाले सहिद परिवारलाई याे सम्मान गरेको बताउनुभएको छ ।

कार्यक्रमकाे जानकारी गराउदै गाउँपालिका प्रबक्ता तथा २ नम्बर वडा अध्यक्ष कृष्ण बहादुर खड्काले याे सहिद परिवार सम्मान कार्यक्रमले मात्रै सहिद परिवारहरुकाे त्यो पिडालाई मलमपट्टी गर्न नसकिने बताउदै सहिद हरुका ती सपनाहरु पुरा गर्न धेरै ठुलो भार उठाउन जरुरी रहेको र त्यो भार उठाउन सिस्ने सरकार तयार रहेको बताउनुभएको छ ।

सम्मान कार्यक्रममा घाइते तथा बेपत्ताहरुकाे उपचार तथा खाेजतलासमा सरकारले छिटोभन्दा छिटो पहल गर्नुपर्ने र जाे सहिद भै सकेका परिवारहरुलाई उचित पढाइ लेखाइ तथा राेजगारीकाे सुनिश्चितता जस्ता कुरा तत्काल गरिनुपर्ने सहिद परिवारहरुकाे माग रहेको छ । त्यस्तै सहिद परिवारहरुले आफुहरुकाे तमाम समस्याहरुलाई सरकारले सम्बाेधन गर्नुपर्ने जाेर्दार माग गरेका छन ।

सहिद परिवार सम्मान कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, गाउँपालिका उपाध्यक्ष गाेपाल रेउले, प्रमुख प्रशासकीय अधिकृत रेवत बहादुर बुढाथोकी, २, ३, ५, ६, ७ र ८ नम्बर वडाका वडा अध्यक्षहरु गाउँपालिकाका शाखागत कर्मचारी पत्रकार लगायतको उपस्थिति रहेको कार्यक्रमकाे सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख सुनिता खड्काले गर्नुभएको थियो ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार