मनोरञ्जन

टेलिचलचित्र “भुमरी” को छायांकन रुकुम पूर्वको काक्री गाउँमा सम्पन्न

मुख्य पात्र हेमराज घर्ती र प्रीया ओली
simarekha
भुमरी टेलिचलचित्रकाे पाेस्टर, मुख्य पात्र हेमराज र प्रीया अनि रुकुम पूर्वकाे काक्री गाउँ

रिव दुई दशकअघिको कथाबस्तुमा निर्माण भएको सामाजिक टेलिचलचित्र “भुमरी”को छायांकन सम्पन्न भएको छ । पश्चिम् नेपालको रुकुम पुर्व जिल्लाको भुमे गाउँपालिका काक्री गाउँमा छांयाङ्कन भएको भुमरीमा पश्चिम् नेपालमा हराउँदै गएको कथालाई उठाउँन खोजिएको हाे ।

भुमरीको टिम छायांकन समापन गरेर भर्खरै काठमाडौं फर्केको छ । भुमरी टेलिचलचित्रको कथा अहिले बनिरहेको टेलिसिरियल भन्दा मौलिक रहेको बताइएको छ । दुर्गम बस्तीमा जिबिका चलाईरहेका विभिन्न पात्रका पिडा र मनोदशालाई समेटिएर भुमरी टेलिचलचित्र बनेको निर्माता रमेश वन गोसाइँले जानकारी दिनुभएको छ । विशेषगरी पारिवारिक हिंसालाई भुमरीमा चित्रण गरिएको निर्देशक यज्ञजंग बिक ( आयुस बिसी) काे भनाइ रहेको छ । सामाजिक कथामा उत्कृष्ट काम गरिरहनुभएका यज्ञजंगले यस अघि पनि सिरियलहरूमा नबित्तम काम गरिसक्नुभएकाे छ । उहाँ आफ्नो सिरियलमा चाखलाग्दो कथाबस्तु भएको बताउँनुहुन्छ । निर्देशक यज्ञजंगले भुमरीमा खलपात्रको भुमिकामा अभिनय समेत गर्नुभएकाे छ ।

करिब डेढ दशक पहिले चलचित्र पाठशालाबाटै संगै चलचित्र क्षेत्रमा हाम फाल्नुभएका रमेश बन गोसाई भुमरीका निर्माता हुनुहुन्छ । नेपाली टेलिचलचित्र जगतमा नयाँ,फरक र मौलिक टेलिचलचित्र निर्माण भएको भुमरीका निर्देशक र कलाकारहरुकाे दावी छ ।मौलिकताको नाममा काठमाडौं वरिपरि नै छायांकन गरेर भिडियो युटुवमा अपलोड गर्ने निर्देशकहरुलाइ सुझाव दिदै निर्माता गोसाई भन्नुहुन्छ -` नेपाली मौलिकता देखाउँनु छ भने पुर्बदेखि पश्चिम नेपालका कुना कन्दरामा पुग्नुस । जहाँ कम आर्थिक खर्चले पनि राम्रो र मौलिकतामा आधारित काम गर्न सकिन्छ । हामीले त्यस्तै काम गर्न खोजेका हौं ।´रुकुम पुर्बको काक्री गाँउको परिवेशमा निर्माण भएको भुमरीले टेलिचलचित्र क्षेत्रमा नयाँ आयाम ल्याउनेमा गोसाइँ ढुक्क हुनुहुन्छ ।

काक्री गाउँको बेसीदेखि लेक अनि भेडीगोठसम्मका मनमोहक दृश्यमा भुमरीको छायांकन भएको छ । कलाकार तथा लेखक हेमराज घर्ती आफूले लेखेको मौलिक पारिवारिक कथाले दर्शकको मन जित्ने कुरामा बिस्वस्त हुनुहुन्छ । छाँयाङ्कनको क्रममा सहयोग गरेका स्थानीय काक्री गाउँबासीलाई विशेष धन्यवाद दिदै निर्माण टिमले गाउँलेहरुलाइ सम्झेको छ बताएको छ ।

भुमरीमा मुख्य पात्र हेमराज घर्ती र प्रीया ओली हुनुहुन्छ भने राज थापा, सम्झना तामाङ,सरस्वती दाहाल,यज्ञजंग बि.क., चुडामणि पुन,बल बहादुर नेपाली , होम बहादुर थापा लगायत स्थानीय काक्री गाउँबासीको अभिनय रहेको छ । निर्माण टिमले दर्शकलाई भुमरीमार्फत कारुणिक कथामा सन्देश र मनोरञ्जन दिलाउन खोजेको छ । आफ्नै होमप्रोडक्सन साईराम पिक्चर्समार्फत भुमरी निर्माण गरेका शम्शेर श्रेष्ठ पनि भुमरीका निर्माता हुनुहुन्छ । कथा, छायांकनस्थल र कलाकारको प्रस्तुतिले दर्शकको मन जित्ने कुरामा आफूलाई बिश्वास रहेको निर्माता श्रेष्ठ बताउनुहुन्छ । सुजन बिश्वकर्माले छायांकन गरेको भुमरी साईराम पिक्चर्समार्फत दर्शकसामु आउँदै छ । हाल सम्पादन कार्यमा भुमरीको टिम व्यस्त रहेको बताइएको छ । भुमरीको केहीदिनमै प्रदर्शन मिति घोषण गर्ने तयारीमा निमार्ण टिम जुटेको छ ।
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार