खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा स्थान हासिल गर्ने विद्यार्थी खेलाडीहरुलाई जनप्रिय मावि दादिङले गर्याे सम्मान

१ स्वर्ण, १ रजत र ४ कांस्य प्राप्त
simarekha

नप्रिय मावि दादिङका विद्यार्थी खेलाडीहरुलाई सम्मान गरिएको छ । आज विद्यालयमा एक कार्यक्रमकाे आयाेजना गरि राष्ट्रपति रनिङ सिल्डमा स्थान हासिल गर्ने विद्यार्थीहरुलाई सम्मान गरिएको हाे ।

सिस्ने गाउँपालिका स्तरीय पाँचाै राष्ट्रपति रनिङ सिल्डमा जनप्रिय मावि दादिङले १ स्वर्ण, १ रजत र ४ कांस्य प्राप्त गरी सान्त्वना स्थान हासिल गरेको थियो ।

विभिन्न विधाका खेलहरुमा सहभागी भई स्थान हासिल गर्ने विद्यार्थी खेलाडीहरुलाई शुक्रबार एक कार्यक्रमका विच विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा बुद्धिजीवीहरुकाे उपस्थितिमा सम्मान गरिए जनप्रिय मावि दादिङका शिक्षक तथा खेल प्रशिक्षक विश्वराज विश्वकर्माले हिमाली अनलाइन लाई जानकारी दिनुभएको छ ।।

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार