खेलकुद

विद्यार्थी खेलाडिहरुलाई जनता मावि पोखराद्धारा सम्मान

विद्यार्थीद्वारा विद्यालयकाे व्यवस्थापकीय पाटाे राम्रो भएको जिकिर
simarekha

नता मावि पोखराले जिल्ला तथा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा भाग लिने विद्यार्थी खेलाडिहरुलाई सम्मान गरेको छ । विद्यालयले आज एक कार्यक्रमको आयोजना गरी विद्यार्थी खेलाडिहरुलाई सम्मान गरेको हो । 

शिल्डमा भाग लिने विद्यार्थी खेलाडिहरुलाई प्रमाणपत्रका साथ नगत पुरस्कारले सम्मान गरिएको जनता माविका प्रधानाध्यापक कलु खड्काले जानकारी दिनुभएको छ । विद्यार्थी खेलाडिहरुलाई सम्मान कार्यक्रमा बोल्ने अतिथिहरुले खेल क्षेत्रमा थप प्रगति गदै विद्यालयको नामलाई उचाइमा पुर्याउन अझै प्रर्यास गर्न आग्रह गदै विद्यार्थी खेलाडिहरुलाई गाउँपालिकाले पनि लाग्ने खर्च व्यहोर्नुपर्ने बताएका थिए । विद्यार्थी खेलाडिहरुले पनि यसरी विद्यालयको नेतृत्व गदै विभिन्न विदामा जित्न पाउँदा आफुहरु उत्साहित भएको बताउदै विद्यालयको व्यवस्थापन पाटो पनि राम्रो भएकाले स्थान हासिल गर्न मद्त मिलेको र आगामी दिनहरुमा शिल्ड आउने समयमा मात्रै नभई बैशाख देखीनै पढाई सँगै खेलकुद क्षेत्रलाई पनि ध्यान दिने बताएका छन ।

सिस्ने गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्डमा जनता मावि पोखराले १४ स्वर्ण, ८ रजत र ३ कांस्य प्राप्त गरी प्रथम भएको थियो भने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा पनि विभिन्न विदाका खेलहरुमा स्थान हासिल गरेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देविलाल गिरीको अध्यक्षतामा भएको विद्यार्थी खेलाडिहरुलाई सम्मान कार्यक्रमा सिस्ने गाउँपालिका ३ नम्बर वडा अध्यक्ष हेयराम खड्का, शिक्षक अभिभावक संघका अध्यक्ष दिल बहादुर केसी लगायत शिक्षक विद्यार्थीहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन बेगम केसीले गर्नुभएको थियो ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार