अपराध

प्रहरी माथि कुटपिट गर्ने चार जना पक्राउ

सुरक्षा दिन गएका प्रहरी माथि नै कुटपिट, दुई प्रहरी घाइते
simarekha

रूकुम पश्चिममा प्रहरी माथि कुटपिट गरेकाे आराेपमा चार जना पक्राउ परेका छन् । जिल्लाकाे बाँफिकाेट गाउँपालिका वडा नम्बर ३ मा ड्युटीमा खटिएका प्रहरीलाई नै कुटपिट गरि घाइते बनाएकाे आराेपमा चार जनालाई प्रहरीले पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा बाँफिकाेट ४ का २८ वर्षीय लक्ष्मण विक, साेही ठाउँका २२ वर्षीय जनक खनाल खत्री, वडा नम्बर ५ का २२ वर्षीय कैलास पुरी, वडा नम्बर ६ का १५ वर्षीय एक बालक रहेकाे जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयाे ।

बाँफिकाेट गाउँपालिका वडा नम्बर ५ का ३४ वर्षीय हिरालाल केसीसंग वडा नम्बर ३ का २७ वर्षीय गाेविन्द बिक, ४ का २२ वर्षिय लक्ष्मण विक र साेही ठाउँका २० वर्षीय सन्जु खड्का लगायतका १२, १३ जना युवाकाे विवाद भएकाे भन्ने खबर आएपछि इलाका प्रहरी कार्यालय बाँफिकाेटबाट सुरक्षा दिन पुगेकाे प्रहरी माथि नै उनीहरूले कुटपिट गरेका हुन ।

कुटपिटबाट दुई जना प्रहरी घाइते भएकाे जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले जनाएकाे छ । घाइते हुनेमा इप्रका बाँफिकाेटमा कार्यरत प्रहरी जवान महेन्द्रबहादुर शाही र प्रहरी चाैकी मग्मामा दरबन्दी भई इप्रका बाँफिकाेटमा कार्यरत प्रहरी जवान हिमराज खड्का रहेकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खड्काले जानकारी दिनुभयो ।

घाइते मध्य शाहीकाे ढाडमा भित्री चाेट लागेकाे र हल्का बाेल्न सक्ने तथा खड्काकाे टाउकाेमा चाेट लागेकाे र बाेल्न सक्ने अवस्था रहेकाे उहाँले बताउनुभयाे । उहाँका अनुसार घाइते दुवैलाई जिल्ला अस्पताल सल्लेमा सामान्य उपचार पछि थप उपचारका लागि मेडिकल कलेज काेहलपुर पठाईकाे छ । फरार रहेका बाँकीकाे पनि खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।

 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार