राजनीति

कांग्रेसका युवा नेता शाहीकाे संगठन सुदृढ यात्रा

simarekha

नेपाली काँग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले सल्यानको कपुरकोट देखि हुम्लाको सिमकोट सम्मको ‘संगठन सुदृढ यात्रा’ अभियान अन्तरगत आज रुकुम पश्चिमकाे मुसिकाेटमा अन्तरक्रिया कार्यक्रम गर्नुभएको छ ।

सल्यानको विभिन्न ठाउँमा कार्यक्रम गर्नुभएका शाहीले आज मुसीकोटमा रहेको नेपाली काँग्रेसको पाटी कार्यालयमा अभियानको विषयमा अन्तरक्रिया कार्यक्रम  गर्नुभएको हो ।

नेपाली कांग्रेसको गौरवशाली इतिहासलाई कायम राख्ने अनुभवी पुस्तालाई सम्मान, वर्तमान पुस्तामा उर्जा अभिवृद्धि गर्न र भावी पुस्तालाई कांग्रेसमा जोड्ने तथा अग्रजदेखि युवा पुस्तासम्म भेटघाट, छलफल, बहस, अन्तरक्रियाको माध्यमबाट पार्टीलाई भावनात्मक रुपमा एकतावद्ध गराएर संगठनलाई बलियो एवं सशक्त बनाउँदै थप उर्जाशील र गतिशील बनाउने मूल उद्देश्यले पार्टी ‘संगठन सदृढ यात्रा’ थालिएको उहाँले बताउनुभयो ।

“संगठनको गाउँ टोल तहमा रहेर काम गरिरहेका नेता, कार्यकर्ता नै संगठनको मूल आधार हो,” नेता शाहीले भन्नुभयो, “पार्टीलाई जनतासँग जोड्न र उनीहरुको भावनालाई पार्टीसम्म पुर्‍याउन यो यात्राले त्यो तह सँग धरातलमै भेटेर संवाद मात्र गर्नेछ ।

अभियानको क्रममा आएका रायसुझाव पार्टीलाई दिएर घच्घच्याउँदै अभियान मार्फत पार्टी र लोकतान्त्रिक व्यवस्थामाथि देखिएका चुनौतिहरुको पनि चिरफार गरिने उहाँको भनाई छ । उहाँले रुकुम पश्चिममा रहेका काँगेसका नेता तथा कार्यक्रताहरुबाट सुझाव पनि लिुनभएको थियो । जिल्ला रहेको पाटीको अवस्था, कार्यक्रतामा देखिएका समस्या र जिल्ला, प्रदेश र केन्द्रले गर्नु पर्ने योजनाको बारेमा पनि सुझाव लिनुभएको छ ।

उहाँले जिल्लाको अन्य ठाउँमा पनि पाटीका कार्यक्रताहरुसंग छलफल गर्ने नेपाली काँग्रेस जिल्ला समितिका प्रवक्ता लालबहादुर ओलीले जानकारी दिनुभयो । आज विहान त्रिबेणी गाउँपालिकामा, दिउँसो मुसीकोट नगरपालिका छलफल गर्नुभएको शाहीले भोली बाँफिकोट गाउँपालिका र आठविसकोट नगरपालिकामा  अन्तरक्रिया कार्यक्रम रहेको बताउनु भएकाे छ ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार