राजनीति

कर्णाली संगठन सुदृढ यात्रामा युवा नेता भुपेन्द्र सल्यान,रुकुम हुँदै डोल्पामा प्रवेश

simarekha

नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले संगठन सुदृढीकरण यात्रामा शुक्रबारदेखि कर्णालीका दश जिल्ला मध्ये बिकट जिल्ला डाेल्पा पुगेका छन ।

कांग्रेसलाई सशक्त, सबल, प्रभावकारी, सुदृढ, लोकप्रिय, बलियो र गतिशील बनाउने उद्देश्यका साथ प्रदेशका जिल्लाहरुमा यात्रामा पार्टीलाई राम्रो बनाउने हामी सबैको दायित्व हो, यसलाई आत्मसात् गर्दै कांग्रेस  संगठन सुदृढ यात्रा गर्न थालेको छु,’ उनले भने, ‘पार्टीका लागि गरिएको यो यात्रा प्रभावकारी हुनेछ।

उहाँ संगठन सुदृढीकरण यात्रा अन्तर्गत सल्यानको कपुरकोटदेखि हुम्लाको सिमिकोटसम्म पुग्ने योजना बनाएका छन्। कांग्रेसको गौरवपूर्ण इतिहासलाई कायम राख्न अनुभवी पुस्तालाई सम्मान र वर्तमान पुस्ताको ऊर्जालाई अभिवृद्धि गर्ने अभियानको क्रममा अग्रज पुस्तादेखि युवा पुस्तासम्मको भेटघाट, छलफल, बहस, अन्तरक्रियाको माध्यमबाट पार्टीलाई भावनात्मक रुपमा एकताबद्ध बनाउने प्रयास गरिनेछ।संगठनलाई बलियो र सशक्त बनाउँदै पार्टीलाई थप उर्जाशील र गतिशील बनाउनु अभियानको मूल उद्देश्य हो, पार्टीलाई चलायमान र जागृत गर्दै भ्रातृ संस्था तथा शुभेच्छुक संस्थाहरुका नेता, पार्टीका कार्यकर्तामा नयाँ आशा, भरोसा र नयाँ ऊर्जा थप्ने प्रयास यात्राको क्रममा गरिनेछ।

पार्टीलाई जनतासँग र जनताको भावनालाई पार्टीसँग जोड्न आफ्नो अभियानले भूमिका खेल्ने उनले बताए। यात्राका क्रममा पार्टीको तल्लो तहमा रहेको नेता तथा कार्यकर्ताहरुसँग भेटघाट गर्ने लोकतान्त्रिक व्यवस्थामाथि देखिएका चुनौतीहरु समेत अभियानमार्फत् केलाइने छ। कर्णालीका जिल्लाहरुमा संगठन सुदृढ यात्रा एक महिनाभन्दा बढी चल्ने छ। पहिलो चरणमा पाँच वटा जिल्लामा यात्राको तालिका तय गरिएको छ।

शाहीले  चैत २ र ३ गते सल्यान जिल्लाको कपुरकोट बाट  अभियान सुरु गरि चैत ४ र ५ गते रुकुम पश्चिममा अभियान गरेर   ६ र ७ गते डोल्पामा गरिरहेका छन् ।  ८ र ९ गते जाजरकोट, १० र ११ गते दैलेखम यात्रामा रहेको टिम पुग्नेछ। सुर्खेत, कालीकोट, जुम्ला, मुगु र हुम्लाका कार्यक्रम त्यसपछि मात्र तय गरिने शाहीले जानकारी दिनुभयाे ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार