स्वास्थ्य

कृष्ण शाही १३ बर्ष सम्म पनि पुरानै हुल्चेयरमा, सबैमा सहयोगकाे अपेक्षा

simarekha

रुकुम पश्चिमकाे बाँफिकाेट गाउँपालिका ५ बडागाउँका कृष्ण शाही १३ बर्ष सम्म पुरानाे हुल्चेयर मै हुनुहुन्छ । कृष्ण शाहीका ३ भाई मध्ये उहाँ घरका जेठा छाेरा हुनुहुन्छ ।

अहिले कृष्ण शाहीकाे परिवार ५ जनाकाे छ । जसमा बुवा सर्जन शाही, श्रीमती कबिता शाही, एक छाेरा अबिशेक शाही र एक छाेरी अनुपमा शाही छन । अहिले कृष्णा शाहीकाे आर्थिक अवस्था निकै कम्जाेर छ । शाहीका छाेरा र छाेरी कक्षा ९ मा पढ्छन कसैले सहयाेग गरे छाेरा छाेरीकाे पढाइ लेखाईमा केही सहज हुने आशामा शाही हुनुहुन्छ । 

शाही २०६७ सालतिर सल्यान रुकुम यातायात समितिका जिप चालक हुनुहुन्थ्याे । अहिले रुकुम पूर्वमा पर्ने धाउन्नेमा २०६७ माघ २१ गते साझँ ५ बजेर ३० मिनेटमा  ब्रेक फेल भएर जिप दुर्घटना भएकाे थियो । त्यतिबेला जिप दुर्घटना पछि जिल्ला अस्पताल सल्ले लगिएकाे र त्यहाँ उपचार नभए पछि नेपालगञ्ज भेरी अस्पताल हुँदै काठमाडौं जनमैत्री अस्पतालमा उपचारका लागि रिफर गरिएकाे उहाँ की श्रीमती कबिता शाहीले बताउनुभयाे ।

कबिता शाही भन्नुहुन्छ आर्थिक अभावका कारण अहिले छाेरा छाेरी पढाउन मुस्किल भएकाे छ। अहिले सम्म कसैकाे सहयाेग मिलेकाे छैन। कुनै संघ संस्था वा मनकारी व्यक्तिहरुबाट सहयाेग मिले बच्चा बच्ची पढाउनका लागि केही सहज हुन्थ्यो तर अहिलेसम्म कतैबाट सहयोग भएको छैन ।

शाहीकाे परिवार बाँफिकाेट गाउँपालिका वडा नम्बर ५ बडागाउँ बसतीमा बस्दै आएको छ । कृष्ण शाही अहिले ४२ बर्षकाे हुनुभयाे । एक ठाउँ बाट अर्को ठाउँ जानकाे लागि मलाई हुल्चेयरकाे साहारा चाहिन्छ । याे अवस्थाका कारण म केही काम गर्न सक्दैन । अहिले १३ बर्ष भयाे मेराे आधा शरीर चल्दैन । शाही भन्नुहुन्छ । 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार