स्वास्थ्य

रुकुम पश्चिम् का एक युवक छारे राेगले ग्रसित

simarekha

रुकुम पश्चिम् काे बाँफिकाेट गाउँपालिका वडा नम्बर ५ लेखाबाङमा घर भएका मिलन घर्ती मगर छारे राेगका कारण ग्रसित भएका छन ।

घरकाे आर्थिक अवस्थाका कारण  उनले उपचार  पाउन सकेका छैन । आफ्नै घरमा छारे राेगका कारण बेहाेस भएर खाना पकाउने बेला  चुलाेमा पर्दा दुई वटै खुट्टा पाेलेकाे हाे। 

उनी आफै बताउँछन् म २०७९ चैत्र १३ गते साझँ ४बजेर ३० मिनेटमा बेहाेस भए त्यस पछि मलाई थाहा भएन जब मेराे हाेस आयो तब मेराे दुई वटै खुट्टा जलेकाे देखे  दिन भरि मजदुरी गरेर पनि साझ बिहान छाक टार्न मुस्किल हुन्छ।  उनका आमा बुवाकाे भन्छन।

आर्थिक अभावका कारण हामीले छाेराकाे उपचार गर्न सकेका छैनाै । अहिले सम्म घरेलु उपचार मै थन्किएको र कसैले सहयाेग गरे उपचार पाउने आशामा बसेकाे उनी बताउछन् ।

उनी बाँफिकाेट गाउँपालिका वडा नं ५ मा अबस्थित  बिकट बस्ती लेखाबाङमा बस्छन । मिलन घर्ती अहिले २५ बर्षका भए। एक ठाउँ बाट अर्को ठाउँ जान मलाई अर्काको साहारा चाहिन्छ। उनी भन्छ याे राेगका कारण म केही काम गर्न सक्दैन। अहिले १ बर्ष जति भयाे याे राेग लागेकाे आफै बताउछन् । 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार