पर्यटन

सिस्ने ट्रेल रेस प्रतियोगितामा ६४ वर्षकी पबिता वली प्रथम

simarekha
६४ वर्षकी पबिता वली

रुकुम पश्चिम काे आठबिसकाेट नगर पालिकामा भएकाे तेस्रो सिस्ने ट्रेल रेस प्रतियोगितामा ६४ वर्षकी पबिता वली प्रथम हुनुभएको छ ।

पचास वर्ष उमेर समुह माथिका महिला प्रतियोगिहरुमा वली ४ किलाेमिटर दुरी ५० मिनेट ३४ सेकेण्डमा पार गरेर प्रथम हुनुभएकाे हाे । जसमा ९ जना ५० वर्ष माथिका महिलाहरु सहभागी भएका थिए । 

सिस्ने ट्रेल रेस समितिले ६४ वर्षकी वलीलाई विशेष सम्मान गरेकाे छ । रुकुम पश्चिममा पदमार्ग प्रवर्द्धन गर्ने उद्देश्यले सन्चालन भएको तेस्रो सिस्ने ट्रेल रेस प्रतियोगिता सिस्ने ट्रेल रेस कार्य समिति रुकुम पश्चिम र सिस्ने तेक्वान्दो डोजाङ्ग आठबिसकोट नगरपालिकाले सन्चालन गरेको थियो ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार