मनोरञ्जन

रुकुम पूर्वमा होली पर्वकाे रौनक ( भिडियो सहित )

simarekha

पसी मेलमिलाप र सद्भावनाको सन्देश दिने फागु हर्थात होली आइतबार रुकुम पूर्व सहित देशका विभिन्न ठाउँमा होली पर्व धुमधामका साथ मनाइएको छ । आइतबारको दिन परम्परागत रूपमा विभिन्न रङ र लोला खेली होली पर्व मनाइएको हो । होली पर्वको अबसरमा आइतबार सरकारले हिमाली र पहाडी जिल्लामा सार्वजनिक बिदा समेत दिएको थियो । 

बिशेष गरी सदरमुकाम रुकुमकोटमा रहेको कमल दहमा उल्लेखनीय संख्याको उपस्थितिमा नाचगान तथा डिजे मार्फत रम्दै एकले अर्कालाई रङ लगाउदै होली पर्व धुमधामका साथ मनाइएको छ । 

 

फागुपूर्णिमा अर्थात् होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन मंगलबार सम्मकालागि नेपाल प्रहरीले पनि विशेष सुरक्षा योजना निर्माण गरी लागू गरेको छ । यसका सुरक्षा योजनाअन्तर्गत झण्डै ३० हजार जना प्रहरी परिचालन गरिएको छ । काठमाडौँ उपत्यकाको निगरानी ड्रोनबाट गर्ने व्यवस्था मिलाइएको बताइएको छ । 

आइतबार हिमाली र पहाडी जिल्लामा होली पर्व धुमधामका साथ मनाइएको छ भने साेमबार तराईका जिल्लाहरुमा होली पर्व धुमधामका साथ मनाइदै छ ।

 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार