शिक्षा

जनप्रिय मावि दादिङकाे अभिभावक भेला तथा आयव्यय प्रस्तुत कार्यक्रम सम्पन्न

simarekha

नप्रिय मावि दादिङले अभिभावक भेला कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले शुक्रबार जेष्ठ नागरिक गजबिर पुनक अध्यक्षतामा एक कार्यक्रमकाे आयोजना गरि अभिभावक भेला कार्यक्रम सम्पन्न गरेको हाे ।

भेलाले पुनः ससिराम घर्तीलाई विद्यालय व्यवस्थापन समितिकाे अध्यक्षमा चयन गरेको छ भने शिक्षक अभिभावक संघको अध्यक्षमा गज बहादुर थापा चयन हुनुभएको छ ।

साथै उक्त अभिभावक भेला कार्यक्रममा प्रधानाध्यापक मेघलाल घर्तीले २०८९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मकाे आयव्यय प्रस्तुत गर्नुभएको थियो । जसमा प्रधानाध्यापक घर्तीले आयतर्फ ६२ लाख ५१ हजार ६ सय ८० रुपैयाँ र व्ययतर्फ ६२ लाख ८१ हजार २ सय ३५ रुपैयाँ रहेको बताउदै विद्यालयलाई २९ हजार ५ सय ५५ रुपैयाँ घाटा रहेको बताउनुभएको छ ।

अभिभावक भेला कार्यक्रमकाे प्रमुख आतिथ्यता सिस्ने - ४ का वडा अध्यक्ष दलराज घर्तीकाे रहेको थियो भने बिशेष आतिथ्यता सिस्ने गाउँपालिका शिक्षा शाखा प्रा.स काेइली शाहीकाे रहेको थियो । त्यस्तै कार्यक्रममा समाजसेवीहरु, दल बहदुर घर्ती र बालारम घर्ती , नेकपा माओवादी केन्द्र सिस्ने ४ का पार्टी अध्यक्ष प्रकाश बुढा, नेकपा एमलेका प्रतिनिधि कमान्सिङ घर्ती, नेपाली काङ्ग्रेसका प्रतिनिधि दिपक पुन लगायतको पनि आतिथ्यता रहेको थियो भने कार्यक्रमकाे सञ्चालन शिक्षक कर्मसिङ बिकले गर्नुभएको थियो ।




 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार