खेलकुद

विद्यार्थी खेलाडीहरुलाई जनप्रिय मावि दादिङले गर्याे सम्मान

१ स्वर्ण, १ रजत र ४ कांस्य प्राप्त
simarekha

नप्रिय मावि दादिङका विद्यार्थी खेलाडीहरुलाई सम्मान गरिएको छ । आज विद्यालयमा एक कार्यक्रमकाे आयाेजना गरि राष्ट्रपति रनिङ सिल्डमा स्थान हासिल गर्ने विद्यार्थीहरुलाई सम्मान गरिएको हाे ।

सिस्ने गाउँपालिका स्तरीय पाँचाै राष्ट्रपति रनिङ सिल्डमा जनप्रिय मावि दादिङले १ स्वर्ण, १ रजत र ४ कांस्य प्राप्त गरी सान्त्वना स्थान हासिल गरेको थियो ।

शिक्षक अभिभावक संघका अध्यक्ष कमला विककाे अध्यक्षतामा भएको विद्यार्थी खेलाडीहरुलाई सम्मान कार्यक्रममा वडा अदक्ष दलराज घर्ती लगायत अन्य अतिथिहरुकाे आतिथ्यता रहेको थियो भने कार्यक्रमकाे सञ्चालन शिक्षक कर्मसिङ विक ले गर्नुभएको थियो ।

विभिन्न विधाका खेलहरुमा सहभागी भई स्थान हासिल गर्ने विद्यार्थी खेलाडीहरुलाई शुक्रबार एक कार्यक्रमका विच विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा बुद्धिजीवीहरुकाे उपस्थितिमा सम्मान गरिएकाे जनप्रिय मावि दादिङका शिक्षक तथा खेल प्रशिक्षक विश्व विश्वकर्माले हिमाली अनलाइनलाई जानकारी दिनुभएको छ ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार