मनोरञ्जन

रुकुम पूर्वमा र्‍याफ्टिङ सेवा सञ्चालनमा

simarekha

लुम्बिनी प्रदेशकाे एक मात्र हिमाली जिल्ला रुकुम पूर्वमा र्‍याफ्टिङ सञ्चालनमा ल्याइएको छ । जिल्लाकाे सानाेभेरी नदिमा र्‍याफ्टिङ सञ्चालनमा ल्याइएको हाे ।

२०८० फागुन २९ गते मंगलबार रुकुम पूर्वका जिल्ला समन्वय समिति उपप्रमुख माेहनबहादुर केसीकाे प्रमुख तथा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी र उपाध्यक्ष गाेपाल रेउलेकाे बिशेष उपस्थितिमा औपचारिक रुपमा र्‍याफ्टिङकाे उद्घाटन गरि सञ्चालनमा ल्याइएको छ । र्‍याफ्टिङ सञ्चालन गर्न तथा सबैकुराकाे जानकारीका लागि यस अघि नै पूर्वी रुकुम जलयात्रा संस्था बाट ३ जनाले आवश्यक तालिम लिइसक्नुभएकाे छ । 

पूर्वी रुकुम जलयात्रा संस्था र एडभेन्चर रिभर ट्रेल्स प्रालि चितवनको संयुक्त सहकार्यमा रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ४ र वडा नम्बर ६ लाई जाेड्ने पक्की पुल देखि सिस्ने गाउँपालिका वडा नम्बर  ३ बाेजेरी र वडा नम्बर ७ सिस्नेरी काे भागमा पर्ने सानाेभेरी नदि सम्म र्‍याफ्टिङ सञ्चालन गरिएको पूर्वी रुकुम जलयात्रा सञ्चालक समितिले जनाएको छ ।

रुकुम पूर्वमा भएको प्राकृतिक जल सम्पदाको सदुपयोग गर्दै रुकुम पूर्वमा भएका नदि तथा तालतलैयामा जलयात्रा सञ्चालन गरेर राेजगारकाे सृजना गरि पर्यटन विकासमा थप टेवा पुर्याउने उदेश्यका साथ पूर्वी रुकुम जलयात्रा अर्थात र्‍याफ्टिङ सञ्चालन गरिएको पूर्वी रुकुम जलयात्रा संस्थाका अध्यक्ष जित कुमार शाहले बताउनुभएको छ । शाहाका अनुसार एक वर्ष अघि नै सेवा सञ्चालन गर्ने लक्ष राखिए पनि विभिन्न कारणले ढिलो गरी सेवा सुरुवात भएको बताइएको छ ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार