अर्थ

रुकुम पूर्वको एकमात्र क्याम्पस सिस्ने शिक्षा क्याम्पसकाे वार्षिक प्रगति विवरण सार्वजनिक

simarekha

रुकुम पूर्वको एक मात्रै क्याम्पस सिस्ने शिक्षा क्याम्पस रुकुमकोट रुकुम पूर्वको वार्षीक प्रगति प्रतिवेदन सार्वजनिक गरिएको छ । क्याम्पसले सोमबार एक कार्यक्रमको आयोजना गदै क्याम्पस सभाको २०७९ / ८० को वार्षीक प्रगति प्रतिवेदन सार्वजनिक गरेको हो ।

क्याम्पस सभाको २०७९ / ८० को वार्षीक प्रगति प्रतिवेदन सार्वजनिक कार्यक्रममा क्याम्पसको प्रगति विवरण प्रस्तुत क्याम्पस प्रमुख तिव्र गौतमले गर्नुभएको थियो । क्याम्पस प्रमुख गौतमले शैक्षिक प्रगति अन्तर्गत क्याम्पसमा सञ्चालित तह, कार्यक्रम र विषयहरु, अन्तिम तीन वर्षको विद्यार्थी विवरणको विश्लेषन, अन्तिम तीन वर्षको विद्यार्थी उत्तीर्न दर विवरणको विश्लेषन, अन्तिम तीन वर्षको ग्राजुयट विवरणको विश्लेषन, शैक्षिक विधि तर्फ भौतिक प्रगति, आर्थिक प्रगति, अन्तिम तीन वर्षको आर्थिक स्रोत र आय व्ययको विवरण, अन्तिम तीन वर्षको खर्च विवरण, पुँजीगत खर्चको तुलनात्मक विवरण प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै उहाँले आर्थिक प्रतिवेदनको पुनरावलोकन लेखा तथा लेखा परिक्षणबाट प्राप्त सुझावहरुको समाधान, सामाजिक प्रगति, सामाजिक कार्यमा क्याम्पसको सहभागिता, क्याम्पसका लागि समाजले गरेको योगदान, सामाजिक योगदानमा क्याम्पसको योजना, समाजको सहभागिता वढाउन क्याम्पसको योजना, समस्या र चुनौतिहरु र समस्या समाधानका उपायहरुको विवरण पनि प्रस्तुत गर्नुभएको थियो । जसमा आम्दानि २ करोड ६४ लाख १९ हजार ८ सय ४४ रुपयाँ भएकोमा १ करोड ४१ लाख ७४ हजार ५ सय ९६ रुपयाँ खर्च भएको छ । हाल क्याम्पसको सञ्चालन तथा बचत पुँजी १ करोड १५ लाख ९५ हजार २ सय ४७ रुपयाँ रहेको क्याम्पस प्रमुख गौतमले प्रगति विवरणमा सार्वजनीक गर्नुभएको हो ।

क्याम्पस सञ्चालक समिति अध्यक्ष हरिकृष्ण गौतमको अध्यक्षतामा भएको वार्षीक प्रगति प्रतिवेदन सार्वजनिक कार्यक्रमको प्रमुख आतिथ्यता जिसस उप प्रमुख महोन बहादुर केसीको रहेको थियो भने बिशेष आतिथ्यता प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माको रहेको थियो ।

त्यस्तै कार्यक्रममा सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तिलक गौतम, नेपाली काङ्ग्रेस जिल्ला कार्यवाहक सभापति भिम बहादुर खड्का, नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य नन्दलाल शर्मा, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक कुमारी बराल, नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव भुवनेश्वर उपाध्यय, सिस्ने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेवत बहादुर बुढाथोकी, क्याम्पस सञ्चालक समितिका संस्थापक अध्यक्ष यज्ञप्रकाश मल्ल, रुकुमकोट उद्योग बाणिज्यसंघका जिल्ला अध्यक्ष केवेन्द्र गौतम, जिल्ला सहकारी संघका जिल्ला अध्यक्ष बसन्त कुमार श्रेष्ठ लगायत जिल्ला स्थित विभिन्न व्यक्तिहरुको आतिथ्यता रहेको थियो भने कार्यक्रमको सञ्चालन क्याम्पस प्राध्यापक बल बहादुर शाहीले गर्नुभएको थियो ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार