स्वास्थ्य

रुकुम पूर्वका पशु चौपायाहरुलाई खाेरेत राेग विरुद्धको खाेप लगाइने

simarekha

रुकुम पूर्वमा खाेरेत राेग विरुद्धको भ्याक्सिनेटर अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम पूर्वको आयाेजनामा सिस्ने ६ छिप्रिदहमा उक्त अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हाे ।

विशेषगरी खाेरेत राेग विरुद्धको भ्याक्सिन कसरी कहाँ बाट सुरु गर्ने नाकाहरुमा बिशेश ध्यान दिने आदि बारेमा जानकारी तथा याे भन्दा अगाडि विभिन्न पशुचौपायहरुलाई भ्याक्सिन लगाउँदा आएकोे समस्या तथा चुनौतीहरु बिषयमा पनि चर्चा गरिएको थियो ।

जिल्लाको तीन वटै गाउँपालिकाको विभिन्न क्षेत्रमा फागुन र चैतको महिना भित्र खोप अभियान संचालन गरिने एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका पशु अधिकृत छविलाल घर्तीले जानकारी दिनुभएको छ । रुकुम पूर्व जिल्ला पूर्वको सिमाना बागलुङ‚ रोल्पा‚ डोल्पा र रुकुम पश्चिमसँग सिमाना जोडिएको छ । यी जिल्लासँग सिमाना जोडिएका क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर खोप अभियान संचालन गरिने पशु अधिकृत घर्तीले बताउनुभयो ।

यसै क्रममा जिल्लास्थित पशु शाखाका प्राविधिकहरुलाई खोप सम्बन्धी अभिमुखिकरण दिइएको छ । अभिमुखिकरणको क्रममा फिल्डमा खटिने प्राविधिकहरुलाई खोप लगाउदा ध्यान दिनुपर्ने कुराहरु र प्राथमिकताका क्षेत्रहरुलाई कसरी छनोट गर्ने भन्ने कुराहरुको बारेमा जानकारी गराइएको छ ।

यस जिल्लामा खोरेत रोगको समस्या धेरै छैन् । तर अन्य जिल्लाहरुसँग सिमाना जोडीएको कारण त्याहाँबाट खोरेत रोग भित्रिन्छकी भन्नेतर्फ सचेत रहदै सावधानी स्वरुप जिल्लाको तीन वटै पालिकाको सिमानाकाहरुलाई प्राथमिकतामा राखेर खोप अभियान संचालन गरिने एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतले बताउनुभएको छ । स्थानीय तहको समन्वय र सहकार्यमा यो अभियान संचालन गरिने छ । पहिलो प्राथमिकताका साथ सिमाना क्षेत्रतिर पालिएका पशुचौपायहरुलाई खोप लगाउने र खोप बचेको खण्डमा अन्य ठाउँमा पनि अभियान संचालन गरिने उहाँले बताउनुभएको छ । गत वर्ष जिल्लामा ४ हजार खोरेत विरुद्धको खोप लगाइएको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख मेघ बहादुर श्रेष्ठले पहिलेको तुलनामा अहिले मानिसहरुले पशुचौपाय पाल्नै छोडेको बताउनुभएको छ । पालेकाहरुले पनि आवश्यक हेरचाह नगर्ने‚ खोप लगाउने कुराहरुमा पनि ध्यान नदिने हुँदा किसानहरुले विभिन्न समयमा क्षती बेहोर्ने गरेको बताउनुभयो । अहिले एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले चलाउन थालेको खोरेत विरुद्धको खोप अभियानले किसानलाई धेरै राहत मिल्ने बताउनुभएको छ । खोप अभियान कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्नको लागि आग्रह गर्नुभएको छ ।

एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेघ बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी माधव प्रशाद शर्माको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका कृषि अधिकृत थलराज बस्नेतले गर्नुभएको थियो ।
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार