समाज

चुनबाङमा पेस्तोलसहित मल्ल पक्राउ 

simarekha

पेस्तोल सहित रुकुम पूर्वमा एक जना पक्राउ परेका छन् । भूमे गाउँपालिका वडा नम्बर ९ चुनबाङको गोठीखोलामा बस्ने ३९ वर्षिया नविन मल्ल भनिने विश्वास मल्ललाई प्रहरीले पक्राउ गरेको हो ।

घरमा पेस्तोल र म्याग्जिन लुकाई छिपाई राखेको अवस्थामा बिहिबार दिउँसो ३ बजेको समयमा मल्ललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभएको छ ।

नविन मल्ल भनिने विश्वास मल्ललाई हातहरियार सम्बन्धि मुद्दामा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार