प्रबिधि

पुथा र भूमे गाउँपालिकामा गरि ४ सय १८ आधुनिक चुलो बिक्रीवितरण

simarekha

रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ६ महतमा वायु पङ्खा सहितको आधुनिक चुलो बिक्रीवितरण गरिएको छ । विकास समाज डिकोष रोल्पाले स्वास्थ भान्सा स्वस्थ परिवार हुनका लागि भूमे र पुथा उत्तरगंगा गाउँपालिकाका विभिन्न ठाउँहरुमा उक्त चुलो बिक्रीवितरण गरेको हो । 

जस अन्तर्गत महतमा शुक्रबार मात्रै १४ ओटा चुलो बिक्रीवितरण गरिएको बताइएको छ भने भूमे र पुथा उत्तरगंगा गाउँपालिकाको विभिन्न ठाउँहरुमा गरि ४ सय १८ ओटा चुलो बिक्रीवितरण गरिएको विकास समाज ( डिकोष ) रोल्पाले जनाएको छ । 

विकास समाज डिकोष रोल्पाको समन्वयमा विभिन्न संघ संस्थाले पर्सामा उत्पादन तथा निर्माण भएको ६ हजार ३ सय ५० पर्ने उक्त वायु पङ्खा सहितको आधुनिक चुलोलाई प्राक्टिकल एक्सन नेपालको समन्वयमा ३ हजार ७ सयमा खरिद गरि २६ सय ५० मा स्थानीयहरुलाई बिक्रीवितरण गरिरहेको बताइएको छ । 

आधुनिक चुलो खरिद गर्दा नागरिकताको प्रतिलिपी अनिवार्य हुनुपर्ने बताइएको छ भने, उक्त चुलो बिजुली र सोलार दुबै बाट चलाउन सकिने बताइएको छ भने खान पकाउ कुनै कारण बस पावर काटिएमा चुलो सँगै पावरबैंक पनि हुने भएकाले ढुक्क सँग खाना पकाउन सकिने छ भने धुवाँ रहित, थोरै दाउरा लाग्ने, आगो पनि ताप्न सकिने खाना छिटो पाक्ने जस्ता यो चुलोको बिशेषता रहेको बताइएको छ । यो अब सिस्ने गाउँपालिकामा पनि माग भइरहेकाले केही दिनमै बिक्रीवितरणको तयारी भइरहेको बताइएको छ ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार