कृर्षी

मारिङ बहुउद्देश्यीय सहकारी राष्ट्रिय पुरस्कारबाट सम्मानित

simarekha

रुकुम पूर्व भूमेको मारिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भएको छ । नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय कृषि विभाग अन्तरगत बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र द्वारा मारिङ सम्मानित भएको हो । 

कृषि जैविक विविधता संरक्षण र प्रवर्द्धनमा निरन्तर रूपमा सक्रिय रही उल्लेखनीय योगदान गरेको भन्दै केन्द्रले सहकारीलाई २५ हजार नगद सहित पुरस्कृत गरेको छ । दोस्रो राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा बिहीबार सहकारी पुरस्कृत भएको अध्यक्ष रामसुर बुढाले जानकारी दिनुभयो । 

उहाँका अनुसार कृषि जैविक विविधता संरक्षण र प्रवर्द्धनमा योगदान गर्ने देशभरका सबै प्रदेशबाट कृषक, समूह तथा सहकारीलाई पुरस्कृत गर्ने कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेशबाट मारिङ बहुउद्देश्यीय सहकारी संस्था पुरस्कृत भएको हो । 

पहिलो समयमा यो सहकारीले अर्गानिक र रैथाने कृषि बालीलाई प्रवर्द्धन गर्दै आएको छ । सहकारीले जिल्ला भरमा उत्पादन हुने रैथाने तथा स्थानीय उत्पादनको बजारीकरणका साथै उत्पादन प्रवर्द्धनमा जोड दिइरहेको छ । भूमे गाउँपालिका २ खावाङ बगरमा सहकारीले स्थानीय उत्पादन बिक्री गर्नका लागि पसल नै सञ्चालन गरिरहेको छ । भने मारिङ सहकारीले बीउ उत्पादन तथा परीक्षणको काम गरिरहेको छ । 

 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार