प्रबिधि

रुकुम पूर्व र रुकुम पश्चिममा आज बाट नेपाल टेलिकमको द्रुत इन्टरनेट सेवा सुरु

simarekha

ञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमबाट वितरण भएका सेवाहरूको मर्मत सम्भारलाई चुस्त दुरुस्त बनाउन आवश्यक रहेको बताउनुभएको छ । बुधबार मन्त्रालयमा भर्चुअल माध्यमबाट नेपाल टेलिकमबाट रुकुमपूर्वको रुकुमकोट र रुकुम पश्चिमको मुसीकोटमा दूरसञ्चार पूर्वाधार अप्टिकल ट्रान्समिसन लिङ्क पु¥याएर फाइबर टु द होम (एफटिटिएच) सेवाको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री शर्माले टेलिकमले आफ्नो सेवाको साथै गुणस्तरमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले टेलिकमले आफ्ना सम्पूर्ण सेवाहरूको मर्मत सम्भारलाई पनि चुस्त दुरुस्त बनाउनुपर्ने जानकारी दिनुभयो । सेवाको मर्मतसम्भारलाई ध्यान दिन नसकेमा सेवाको गुणस्तरले मात्रै पनि काम नगर्ने भनाइ उहाँको थियो । उहाँले ग्राहक सेवालाई पनि ग्राहकमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री शर्माले टेलिकमको ग्राहक सेवाको सम्बन्धमा गुनासाहरू रहेका भन्दै सो गुनासाहरूलाई सम्बोधन गर्ने क्रममा रहेको पनि स्पष्ट पार्नुभयो । उहाँले नेपाल टेलिकमको ग्राहक सेवालाई प्रभावकारी बनाउनको निम्ति बिहान ७ देखि साँझ ७ बजेसम्मको मर्मत सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको पनि जानकारी दिनुभयो । उहाँले यसलाई २४ घण्टा सेवामा पुर्याउन आवश्यक छलफल भइरहेको पनि बताउनुभयो ।

उहाँले रुकुम पूर्वको रुकुमकोट र रुकुम पश्चिमको मुसिकोटमा फाइबर टु द होम सेवा पुर्याउदा त्यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय र शैक्षिक विकास प्रत्यक्ष प्रभाव पार्ने बताउनुभयो । त्यस्तै सो क्षेत्रको रहनसहन र भेषभुषा लगायतका सबै सांस्कृतिक कुराहरूलाई राज्यको मूल प्रवाहमा ल्याउन समेत सहयोग पुग्ने बताउनुभयो । मन्त्री शर्माले फाइबर टु द होम सेवा हालसम्म देशका ७४ वटा जिल्लामा पुगिसकेको उल्लेख गर्नुहुँदै बाँकी रहेका हुम्ला र डोल्पा जिल्लामा यसै आर्थिक वर्षभित्र पु¥याइसक्ने बताउनु भयो । बाँकी रहेको अर्को जिल्ला मुगुमा भने आगामी आर्थिक वर्षभित्रमा पु¥याइसक्ने लक्ष्य लिइएको बताउनु भयो । उहाँले दूरसञ्चार सेवाको पूर्वाधार विस्तार, सेवाको पहुँच, सेवाको गुणस्तर, मर्मतसम्भार र सेवाको वितरणलाई प्रभावकारी बनाएर १९ जिल्लालाई नमुना जिल्ला बनाउने बनाउने अघि टेलिकम अगाडी बढेको उल्लेख गर्नुभयो ।

यसैगरी रुकमपूर्वबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पूर्णबहादुर घर्तीले रुकुममा आधुनिक सूचना प्रविधि जोडिनु सकारात्मक भएको बताउनुभयो । अव दुर्गमका गाउँगाउँमा समेत नागरिकलाई एनटी फाइबर सेवा दिनुपर्ने उहाँको भनाई थियो । नेपाल टेलिकमले आजबाट टेलिफोन, द्रुत गति इन्टरनेट र टेलिभिजन सहितको एनटी फाइबर सेवा सुरु गरेको हो । एनटी फाइबर सेवाको न्युन्तम २५ एमबिपीएस देखि एक सय ५० एमबिपिएस सम्म ग्राहकले सेवा लिन सक्नेछन् । न्युन्तम २५ एमबिपीएसको सेवा लिए वार्षिक आठ हजार पाँच सय र एक सय ५० एमबिपीएसको सेवा लिए वार्षिक २० हजार पाँच सय शुल्क लाग्ने बताइएको छ ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार