प्रबिधि

पूर्वी रुकुममा पनि कृत्रिम गर्भधारण कार्यक्रमकाे सुरुवात

simarekha

रुकुम पूर्वमा कृत्रिम गर्भधारण कार्यक्रमकाे सुरु भएको छ । जिल्लाकाे मध्यपहाडी हाईवेय आसपासका गाउँपालिकाहरु सिस्ने र भुमे गाउँपालिका अन्तर्गत क्षेत्रहरुका पशुवस्तुहरुमा कृत्रिम गर्भधारण कार्यक्रमकाे सुरु भएको हाे । 

सिस्ने र भुमे गाउँपालिका पशुपन्छी विकास शाखाको सहकार्यमा उक्त कृत्रिम गर्भधारण कार्यक्रम एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम पूर्वबाट सञ्चालन हुने एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख पिताम्बर बस्नेतले जानकारी दिनुभएको छ । 

कृत्रिम गर्भधारण गराउनाले पशुवस्तुहरुमा नश्ल सुधार गरि दुध तथा मासु उत्पादनमा वृद्धि हुने, साँढे,राँगा र बाेकाहरुबाट विभिन्न किसिमका राेगहरु ब्रुसेलाेसिस, लेप्टाेस्पाईराेसिस जस्ता राेगहरु सर्न सक्ने सम्भावना भएकाले त्यस्ता प्रकृतिका राेगहरु सर्नबाट राेक्ने र कृषकहरूकाे समयको बचत हुने फाइदा हुने बताइएको छ । 

कृत्रिम गर्भधारण भैंसी, ठूला कदका गाई र ठूला कदका बाख्राहरुमा मात्रै गर्न सकिने छ । कृत्रिम गर्भधारण गराउदा पशुवस्तुहरुले साँढे, राँगा र बाेका खाेजेकाे लक्षण पहिचान गरि प्राविधिकलाई जानकारी दिनुपर्ने, पशुवस्तुहरुलाई ४ / ४ महिनाकाे फरकमा अनिवार्य नाम्ले जुकाकाे औंषधि खुवाउनुपर्ने र कृत्रिम गर्भधारणका लागि पशुवस्तुले साँढे, राँगा खाेजेकाे १२ देखि १८ घण्टा विचकाे समयलाई मध्यनजर गरि प्राविधिकलाई जानकारी गराउनुपर्ने बताइएको छ । 

जसका लागि एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम पूर्वमा छविलाल घर्ती मगर र डाक्टर विजेता थापा, सिस्ने गाउँपालिका पशुपन्छी विकास शाखाका लागि भिम बहादुर झाँक्री मगर, भुमे गाउँपालिका पशुपन्छी विकास शाखाका लागि नारायण ओली र भूपेन्द्र शाहीलाईलाई कृत्रिम गर्भधारण कर्ताकाे जिम्मेवारी ताेकीएकाे एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।

 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार