प्रबिधि

भुकम्प पश्चात घर बस्न लायक छ, छैन कसरी थाहा पाउने ? - जि.एम. दिपु देपेन्द्र (सब-ईन्जिनियर)

simarekha

 घरको अवस्था निम्नअनुसार भएको अवश्थामा बस्न लायक वा सुरक्षित मान्नुपर्छ ।

#_वाल_वियरिङ_घरहरुको_केशमा :-

१. घर सिधा ठाडो अर्थात् घन्टीमा हुनुपर्यो ।

२. घरका सुरहरु ( कुनाहरु ) घन्टीमा हुनुपर्यो ।

३. गारोमा वारपार वा ठाडो क्रयाक आएको हुनुभएन । ( उदाहरणको लागि कोठाको उचाई आठ फिट छ। त्यो आठ फिट गारो तलदेखि माथिसम्म वा धेरै भाग वारपार चर्किएको भए असुरक्षित हुन्छ )

४. झ्याल, ढोकाको चुकुल नलाग्दैमा डराउनु पर्दैन ।

५. कुनै वरण्डा वा बाल्कुनी क्रयाक हुनुभएन । ( यसले घरको मजबुतीमा खासै असर गर्दैन । तर वरण्डा वा बाल्कुनी वा बार खसेर दुर्घटना हुन भने सक्छदछ ।)

६. पार्टेसन गारो चर्किदैमा खतरा हुँदैन । ( वाल वियरिङ घरहरुमा कतिपय गारोले छेकबारको काम मात्र गरेको हुन्छ । ठाडो चिराको उचाई लामो छ र गारोको दुवै भागमा नै चर्किएको छ भने त्यो गारो वरिपरि मात्र असुरक्षित हुन्छ। )

७. ठूलो भूकम्पमा घरभित्र वा बाहिरको प्लाष्टर चर्किनु सामान्य हो । अग्ला घरमा भूइँतला वा पहिला तलामा प्लास्टर चर्किने सम्भावना बढी हुन्छ ।

८. घरको पेटी वा पेटी भन्दा बहिरी भाग चर्किएको वा छुट्टिदैमा डराउनु पर्दैन ।

९. भुकम्प पश्चात पनि भूकम्पका पराकम्पनहरु जारी रहने हुनाले अग्ला दराज, सोकेस सीसाको ठूलो झ्यालढोकाबाट जोगिएर बस्नु पर्दछ । भुकम्प पछि बारम्बार सानाठूला पराकम्पन आइरहने हुनाले चनाखो भई सुरक्षित स्थानमा बस्नु पर्दछ । वैज्ञानीकहरुका अनुसार ६ रेक्टर माथीका भुकम्प आएको दुई तिन वर्षसम्म पनि स-साना पराकम्पनहरु आउने सम्भावना रहन्छ नै तर, ति भुकम्पहरु मुल भुकम्प स्केल भन्दा कम स्केलका हुने मात्र गरेको आजसम्मको तथ्यांक यकिन छ ।

#पिलर_सिस्टमको_घरको_केशमा :-

१. घर ठाडो अर्थात् घन्टीमा हुनुपर्छ।

२. घरको पिलर र बीम नछुट्टिएको हुनुपर्छ।

३. पिलर र बीममा क्रयाक नआएको हुनुपर्छ।

४. कुनै बरण्डा वा बाल्कुनी क्रयाक नभएको हुनुपर्छ । ( यसले घरको मजबुतीमा खासै असर गर्दैन । तर बरण्डा वा बाल्कुनी वा बार खसेर दुर्घटना भने हुनसक्छ । )

५. पार्टेसन गारो चर्किदैमा खतरा हुँदैन । ( पिलर सिस्टम घरमा यो गारोले छेकबारको काम मात्र गर्ने हो । ठाडो चिराको उचाई लामो छ र गारोको दुवै भागमा नै चर्किएको छ भने त्यो गारो वरिपरि मात्र असुरक्षित हुन्छ । )

६. झ्याल, ढोकाको चुकुल नलाग्दैमा डराउनु पर्दैन।

७. ठूलो भूकम्पमा घरभित्र वा बाहिरको प्लाष्टर चर्किनु सामान्य हो । अग्ला घरमा भूइतला वा पहिला तलामा प्लास्टर चर्किने सम्भावना बढी हुन्छ।

८. घरको पेटी वा पेटीभन्दा बाहिरी भाग चर्किएको वा छुट्टिदैमा डराउनु पर्दैन ।

९. भुकम्प पश्चात पनि भूकम्पका पराकम्पनहरु जारी रहने हुनाले अग्ला दराज, सोकेस सीसाको ठूलो झ्यालढोकाबाट जोगिएर बस्नु पर्दछ । भुकम्प पछि बारम्बार सानाठूला पराकम्पन आइरहने हुनाले चनाखो भई सुरक्षित स्थानमा बस्नु पर्दछ । वैज्ञानीकहरुका अनुसार ६ रेक्टर माथीका भुकम्प आएको दुई तिन वर्षसम्म पनि स-साना पराकम्पनहरु आउने सम्भावना रहन्छ नै तर, ति भुकम्पहरु मुल भुकम्प स्केल भन्दा कम स्केलका हुने मात्र गरेको आजसम्मको तथ्यांक यकिन छ ।

श्रोतः जि.एम. दिपु देपेन्द्र को फेसबुक वालबाट साभार

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार