अपराध

प्रहरी द्वारा रिगल पक्राउ, ११ वर्ष ११ महिना ११ दिन थुनामा राख्न सर्वोच्चकाे आदेश

simarekha

सर्वोच्च अदालतको आदेशसँगै प्रहरीले योगराज ढकाल ‘रिगल’लाई बाँकेबाट पक्राउ गरेको छ।

 

जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले रिगललाई पक्राउ गरेको प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले जानकारी दिनुभएको छ ।

 

सर्वोच्च अदालतले आज ढकालको बाँकी कैद माफी गर्ने निर्णय बदर गर्दै तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश दिएको थियो।

 

अदालतले उनलाई बाँकी रहेको ११ वर्ष ११ महिना ११ दिन थुनामा राख्न आदेश दिएको हाे ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार