विश्व

एनआरएनए सेसेल्स द्वारा पहिलोपटक नेपाली साङ्गेतिक कन्सर्ट सम्पन्न

simarekha

फ्रिकी राष्ट्र सेसेल्समा अधिकांस करार कामदारका रुपमा नेपालीहरु कार्यरत छन् । जहाँ नेपालीहरुको संख्या १५ सय भन्दा बढी रहेका छन् ।

११५ वटा टापु मिलेर बनेको सेसेल्सको सबैभन्दा ठूलो र मुख्य सहर भिक्टोरिया माहे हो । त्यहाँ रहेको गैरआवासीय नेपाली संघ एनआरएनएले नेपालीका हकहितका विभिन्न कार्यहरु गरेको छ । साथै विभिन्न नेपाली चाड्वाडमा संस्था स्थापनाकालदेखि नै नेपाल कार्यक्रमहरु निरन्तर आयोजना गर्दै आएको छ । जसले गर्दा सेसेल्समा कार्यरत नेपालीहरुले विदेशी भूमि परिवारबाट टाढा भएपनि चाडबाड मनाउने अवसर प्रदान गरेका छन् ।

यसैक्रममा यसपालीको दशैँमा नेपालकी चर्चित गायिका रचना रिमाललाई त्यहाँ बोलाएर पहिलोपटक सांगितीक कार्यक्रमको आयोजना गरेको थियो । दशैंको बेला नेपालीहरु घर जान नपाए पनि राष्ट्रिय कलाकार रिमालको उपस्थिीतिमा आयोजित सांगितिक कार्यक्रममा करिब ४ सय भन्दा बढि नेपालीहरुको उल्लेख्य सहभागिता रहेको थियो भने उपस्थित सबैले खुसी व्यक्त गर्दै संस्थालाई यस्तो कार्यक्रम आयोजनाका लागि धन्यवाद दिएका थिए ।

भिक्टोरिया माहेमा आयोजना गरिएको कार्यक्रममा नेपाली कला संस्कृति झल्कने नेपाली नाचहरु पनि प्रस्तुत गरिएको थियो भने स्थानीय नेपाली लोक आधुनिक गायक दिनेश श्रेष्ठ र आधुनिक गायक कर्मा छ्रिङ्ग शेर्पाले पनि आफ्नो बेजोड प्रस्तुति राखेका थिए ।

यसैगरी एनआरएनएकै आयोजनामा दोस्रो ठूलो टापु प्रास्लिन्मा अक्टोबर २४ तारिखमा पनि टिका ग्रहण तथा शुभकामना आदानप्रदान गरिएको थियो । प्रास्लिनमा भएको कार्यक्रममा एनआरएनएका पदाधिकारीसहित उपस्थित नेपालीहरुले सामूहिक टिका ग्रहण तथा शुभकामना आदान प्रदान गरका थिए । जस्मा १५० भन्दा बढिको उपस्थिति रहेको थियो । कामदारका रुपमा रहेका नेपालीहरुले संस्थाको आयोजनामा यसरी सामूहिक दशैं मनाएको त्यहाँका सञ्चारमाध्यमहरुले प्रमुखताका साथ समाचार सम्प्रेषण गरेका थिए ।

एनआरएन सेसेल्सले पहिलो मन्त्रिस्तरीय सरकारी भिजिट र दुतावासको पहिलो काउन्सलर सेवाद्वारा राहादानी नवीकरण गराउन सफल भइसकेको छ भने पहिलोपटक राष्ट्रियस्तरको कलाकारको उपस्थितिमा नेपाली सांगेतिक कन्सर्ट पनि एनआरएनए सेसेल्सको आयोजनामा सम्पन्न भएकोछ । 

स्राेत : संसारन्युज 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार