विश्व

एक्कासि बेहोस भएकी लक्ष्मीकाे मृत्यु

simarekha

रुकुम पूर्वमा एक बालिकाको मृत्युु भएको छ । जिल्लाकाे सिस्ने गाउँपालिका वडा नम्बर ४ ढाँकाकी १३ वर्षीया लक्ष्मी थापा मगर काे उपचारकै क्रममा मृत्युु भएको बताइएको छ । 

एक्कासि बेहोस भएपछि लक्ष्मीलाई छिप्रिदहकाे मेडिकलमा लगिएको र त्यहा उपचार सम्भव नभए पछि रुकुम पूर्व अस्पतालमा रिफर गरिएको बताइएको छ । रुकुम पूर्व अस्पतालका अनुसार १३ वर्षीया लक्ष्मीलाई अस्पताल पुर्याय लगत्तै डाक्टरहरुकाे टाेलिले चेकजाँच गर्दा मुटुको धड्कन चल्न छाडेको थियो । 

अस्पताले अनेक प्रयास गर्दा पनि सम्भव नभए पछि लक्ष्मीलाई मृत घाेषना गरिएको रुकुम पूर्व अस्पतालले जनाएको छ । लक्ष्मीकाे के कारणले मृत्यु भएको हाे भन्नेबारे खुलेको छैन । अस्पतालका अनुसार हतारमा केस आएपछि राेग चेकजाँचमा भन्दा पनि बालिकालाई कसरी बचाउन सकिन्छ भन्ने तिर लागेकाले राेग के थियाे, वा के कारण मृत्युु भयो भन्ने आफुहरुलाई थाहा नभएको डाक्टरहरुकाे भनाइ रहेको छ ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार