मनोरञ्जन

रुकुमकाेटमा फेरि महाेत्सव लाग्ने, स्थानीय स्तरका कला, सांस्कृतिकको जर्गेना गरिदै

महोत्सव अवधिभर स्थानीय कलाकार देखि राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूको बेजोड प्रस्तुति रहने
simarekha
पत्रका सम्मेलन गर्दै महाेत्सव समितिहरु

रुकुम पूर्वमा महोत्सव लाग्ने भएको छ । अठाले ग्रुप प्रालि सिस्ने –६ रुकुम पूर्व मुख्य आयोजक तथा उद्योग बाणिज्य संघ रुकुम पूर्व सहआयोजक रहने गरि महोत्सव लाग्ने भएको हो ।

शनिबार पत्रकार सम्मेलन गर्दै महोत्सव मुल आयोजक समितिले पूर्वी रुकुम साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव चैत्र २ गते देखी १४ गते सम्म लाग्ने जानकारी गराएको छ । पूर्वी रुकुम साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवमा बिशेष गरी स्थानीय स्तरका कला, सांस्कृतिकको जर्गेना र जिल्लाको कृषि, पर्यटन तथा व्यापारलाई प्रोत्साहन गराउने उद्देश्य रहेको अठाले ग्रुप प्रालिका अध्यक्ष सुधन रेग्मीले बताउनुभएको छ । 

रुकुम पूर्वमा सेतकचिनी, पदमचाल्ना, साधारण च्याउ, दालचिनीको बोक्रा, अमला, अल्लो, यार्सा, पाखनबेद, रिठ्ठा, टिमुर, चिराइतो, कुरिलो, कुट्की, सोमायो, तेजपात, पाँचऔँलेलगायतका जडीबुटी पाइने गर्छ भने यहाँ सिस्ने हिमाल, पुथा हिमाल, कमल दह, देउराली गुफा, सहिद पार्क, युद्ध स्मारीका, छापामार पदमार्ग, सुन दह, गुप्त दह, तातो पानी, बुकिपाटन, सानिभेरी नदी, तकसेरारा गाउँ जस्ता रमनीय ठाउँ तथा पर्यटनका सम्भावनाहरु रहेका छन । 

रुकुम पूर्व तथा आसपासमा रहेका कृषि, जडीबुटी, पर्यटन, ऊर्जा, संस्कृति, सांस्कृतिक वस्तुहरूको प्रदर्शन गरी प्रचार प्रसार गर्ने, स्थानीय उत्पादनहरूको पहिचान गरी बजार विस्तारको अभियान सुरु गर्ने, जिल्लाको लगानी क्षेत्र र लगानीकर्ताहरूको पहिचान गरी रुकुम पूर्वमा लगानी सम्मेलन वा सोही प्रकृतिका कार्यक्रमहरूको आयोजना गर्ने लक्ष महोत्सवको रहेको आयोजकले जनाएको छ । 

महोत्सव अवधिभर स्थानीय कलाकार देखि राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूको बेजोड प्रस्तुति रहने महोत्सव मुल आयोजकका व्यवस्थापक तथा जनवादी कलाकार प्रकाश रन्काले बताउनुभएको छ ।  

त्यस्तै महोत्सव संयोजक तथा कलाकार लखन सुनारले पूर्वी रुकुम साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवलाई भव्य रुपले सफल बनाउनका लागि जिल्लावासी सबैलाई आफुले सकेको भौतिक, आर्थिक तथा विभिन्न कुराले सहयोग गर्न अपिल गर्नुुभएको छ ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार