कृर्षी

सिस्ने गाउँपालिकाले अनुदानमा मह उत्पादनका लागि औजार उपकरण उपलब्ध गराउने

simarekha
सिस्ने गाउँपालिकाकाे लाेगाे

सिस्ने गाउँपालिकाले व्यवसायीक मौरी पालक कृषकहरुलाई अनुदानमा मह उत्पादनका लागि औजार उपकरण उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाकाे आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार ३ र ४ नम्बर वडाका यवसायीक मौरी पालक कृषकहरुलाई पालिकाले ५० प्रतिसत अनुदानमा मह उत्पादनका लागि औजार उपकरण उपलब्ध बनाउने भएको हाे ।

सिस्ने गाउँपालिकामा दर्ता भएका फार्मले आवश्यक कागजात सहित सूचना प्रकाशन भएको मितिले १५ दिन अर्थात २०८० माघ २७ गते भित्र सिस्ने गाउँपालिका कृषि विकास शखामा सम्पर्क गर्न सकिनेछ ।

जसमा निवेदनका साथ सम्बन्धित फार्मको नियामानुसार दर्ता/नविकरण/ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी, निवेदकको नागरिकताको प्रतिलिपी र सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र अनिवार्य रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी दाहालले जानकारी दिनुभएको छ ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार