शिक्षा

माध्यमिक शिक्षा (एसइइ) का केन्द्राध्यक्षहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न

simarekha

स वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) यही चैत्र १५ गते बाट सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसइईको परिक्षा चैत्र १५ गते देखि २७ गतेसम्म गर्ने निर्णय गरे अनुसार आज माध्यमिक शिक्षा उतिर्ण परिक्षा समन्वय समिति रुकुम पूर्वको बैठक सम्पन्न भएको हो । 

जसमा चैत्र १५ गते देखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई मर्यादित रुपमा सञ्चालन गर्न ऐन, नियम तथा निर्देशनमा तोकिए बोमजिम केन्द्राध्यक्षहरुलाई अभिमुखिकरणमा छलफल भए अनुसार केन्द्राध्यक्षहरुले प्रभावकारी रुपमा कार्य सम्पादन गर्ने निर्णय गरिएको छ । त्यस्तै परिक्षालाई स्वच्छ, शान्त, मर्यादित र प्रभावकारी रुपमा सम्पन्न गर्न सबै सरोकारवाला निकायहरुले आ आपनो क्षेत्र तथा दायरा बमोजिम सकारात्मक योगदान र सहायोग गर्ने पनि निर्णय भएको छ ।  
 
परिक्षालाई मर्यादित रुपमा संचालन गर्न परिक्षा समन्वय समितिका पदाधिकारीहरुले सबै परिक्षा केन्द्रहरुको स्थलगत अनुगमन तथा निरिक्षण गर्ने साथै स्थानीय सरकारहरुको समेत महत्वपूण भूमिका रहने हुँदा केन्द्राध्यक्षहरुको अभिमुखीकरण एवम् जिल्ला समन्वय समितिका अधिकारीलाई जिल्ला भित्र, पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रसासकिय अधिकृत तथा शिक्षा शाखा अधिकृतलाई सम्बन्धीत पालीका भित्रको र वडाअध्यक्षलाई आ आपनो क्षेत्र भित्र परिक्षाको अनुगमन निरिक्षण एवम आवाश्यक सहयोगका लागि अनुरोध गर्ने र उपर्युक्त परीक्षालाई मध्यनजर गरी परीक्षा अवधिभर विद्युत र इन्टरनेट सेवा सुचारु राख्नकालागि प्रमुख जिल्ला अधिकारी मार्फत सम्बन्धित कार्यालयहरुलाई अनुरोध गर्ने निर्णय गरिएको छ । 

त्यस्तै बैठकले चैत १५ गतेबाट सुरु हुने माध्यामिक शिक्षा परीक्षा (एसइई) मा रुकुम पूर्व जिल्लाभर बाट १ हजार ३० जना विद्यार्थीहरु सामेल हुँदैछन् । एसइईमा सवै धारका छात्रा ५ सय ३१ र छात्र तर्फ ४ सय ९१ गरी जम्मा १ हजार ३० जना विद्यार्थीहरु सामेल हुने जानकारी गराएको छ । जसमा नियमित साधारण तर्फका ९ सय ६५ जना, प्राविधिक तर्फका छात्रा ३५ र छात्र २२ गरि ५७ जना र ग्रेड बृद्धि तर्फका छात्रा २ र छात्र ६ गरी जम्मा ८ जना परिक्षार्थीहरु परिक्षामा सामेल हुने शिक्षा विकास तथा समन्वय इकाई रुकुम पूर्वका प्रमुख तिलक गौतमले जानकारी दिनुभएको छ । 

जसमा माध्यामिक शिक्षा (एसइई) परीक्षाको लागि ८ वटा परिक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई रुकुम पूर्वका प्रमुख गौतमले बताउनुभयो । जसअन्तर्गत रुक्मिणी माध्यमिक विद्यालय रुकुमकोट, सिस्ने ५ मा चन्द्र बहादुर मल्ल, त्रिभुवन माध्यमिक विद्यालय छिप्रिदह, सिस्ने ६ मा मदन कुमार गौतम, जनता माध्यमिक विद्यालय पोखरा, सिस्ने ३ मा कलु खड्का, हिमालय माध्यमिक विद्यालय नायगाड सिस्ने २ मा मोहन कुमार रोका मगर, महेन्द्र माध्यमिक विद्यालय तकसेरा, पुथा उत्तरगंगा १० मा रासधन घर्ति मगर, जनजागृति माध्यमिक विद्यालय महत, भूमे ६ मा गंगा वुढाथोकी क्षेत्री, शहिद शुक्र माध्यमिक विद्यालय सिमा, भूमे ३ मा अनिल आचार्य र कोट माध्यमिक विद्यालय रुमालवारा, सिस्ने ५ मा शरद चन्द समाललाई केन्द्राध्यक्ष तोकिएको छ । 

माध्यमिक शिक्षा उतिर्ण परिक्षा समन्वय समिति रुकुम पूर्वका अध्यक्ष निमित्त प्रमुख जिल्ला अधिकारी गोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा जनप्रतिनिधी, शिक्षक, पत्रकार, सुरक्षाकर्मी लगायतको उपस्थिथिति रहेको थियो ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार