कृर्षी

अखिल क्रान्तिकारी, वाइसीएल र प्रेस सेन्टर नेपाल द्वारा मृतक परियार काे परिवारलाई सहयोग

simarekha

स दुर्घटना परी ज्यान गुमाएका रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ का बिक्रम परियारको घर परिवारलाई सहयोग गरिएको छ । शोकमा रहेको परिवारलाई क्रिया खर्च बापत सहयोग गरिएको हो ।


जिल्ला स्थित नेकपा माओवादी केन्द्रको जन वर्गीय संगठन प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति रुकुम पूर्व, अनेरास्ववियु क्रान्तिकारी र वाइसियल रुकुम पूर्वले सयुक्त रुपमा सहयोग गरेका छन् । आज विहान पार्टीको जन वर्गिय संगठनले गरेको निर्णय अनुसार सहयोग गरिएको पे्रस सेन्टर नेपाल रुकुम पूर्वकी अध्यक्ष सर्जना काकीले जानकारी दिनुभयो ।

थोरै भए पनि राहत होस भन्ने उद्देश्यले सहयोग गरिएको अध्यक्ष कार्कीले बताउनुभयो । क्रिया खर्चको लागि ३० हजार चार सय ५५ रुपैयाँ बराबरको खाद्यान्नको साथमा  नगद २५ हजार रुपैयाँ हस्तान्त्रण गरिएको छ । एक सय ७५ किलो चामल, १५ किलो दाल, २० लिटर तेल, दश किलो नुन, पाँच ओटा भाडा धुने साबुन, एक दर्जन मिट मसला र एक किलो जिराको साथमा फलफुल पनि सहयोग गरिएको छ । 

मृतक परियारको घरमा पुगेर राहत सहयोग गरिएको हो । अनेरास्ववियु क्रान्तिकारी जिल्ला फ्याक्सन इचार्ज जीवन केसीले मृतक परियार कि आमा रश्मी नेपालीलाई नगद हस्तान्त्रण गर्नुभएको थियो । २३ वर्षीया परियारको चैत्र ५ गते रुकुम पश्चिम बाट काठमाडौं जादै गरेको  बागमती प्रदेश ०१००६ ख ३८७९ नम्बरको बस बागुलङ जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर ६ स्थित जाउले पानी भन्ने ठाउँमा दुर्घटना परी ज्यान गएको थियो ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार