राजनीति

नेकपा एमाले पुथाउत्तरगंगा गाउँपालिका रुकुम पूर्वको सचिवालय बैठक र वडा अधिवेशन सम्पन्न

simarekha

नेकपा एमाले पुथाउत्तरगंगा गाउँपालिका रुकुम पूर्वको सचिवालयको बैठक सम्पन्न भएको छ । सिस्ने गाउँपालिकामा वडा अधिवेशन सम्पन्न गरे सँगै नेकपा एमाले पुथाउत्तरगंगा गाउँपालिका रुकुम पूर्वको  सचिवालयको बैठक बसेकाे हाे ।

बैठकले पुथा उत्तरगंगा गाउँपालिकाकाे सबै वडाका वडा अधिवेशन सम्पन्न गर्ने कार्य तालिका पनि बनाएको बताइएको छ । त्यस्तै पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १३ को दोस्रो वडा अधिवेशन सम्पन्न गरिएको छ । भीम गुरुङकाे अध्यक्षतामा दाेस्राे वडा अधिवेशन सम्पन्न गरिएको हाे । जसको उपाध्यक्षमा जि तुलाचन सचिवमा ए एन बुढा, उपसचिवमा सपना घर्ति बुढा सहित ११ सदस्यीय वडा कमिटि सर्बसम्मत चयन गरिएकाे छ ।

पुथा उत्तरगंगा गाउँपालिका पार्टी अध्यक्ष मोहनभक्त बढाको अध्यक्षतामा भएको सचिवालय बैठक तथा वडा अधिवेशन कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहकार सदस्य नन्दलाल शर्माकाे प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै सचिवालय बैठक तथा वडा अधिवेशन कार्यक्रममा जिल्ला पार्टी अध्यक्ष टोप बहादुर ओली, पार्टीका लुम्बिनी प्रदेश सचिवालय सदस्य निर्माण बुढा, किसान  महासंघका केन्द्रीय सदस्य उपेन्द्र लाल कामी, पार्टीका जिल्ला उपसचिव तेजेन्द्र बुढा, जिल्ला पार्टी सचिवालय सदस्य ज्योति मान गुरुङ, १० नम्बर निर्वाचित वडाध्यक्ष भरत बुढा, पार्टी जिल्ला कमिटी सदस्यहरु राम कुमार बुढा, मरिचमान बुढा, सुरेश पुन, जुन प्रसाद बुढा र टीपी गुरुङको पनि आतिथ्यता रहेको बैठककाे सञ्चालन पार्टी गाउँपालिका सचिव लक्ष्मण बुढाले गर्नुभएको थियो ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार