स्थानीय सरकार

१ सय १४ औं अन्तरास्ट्रिय महिला दिवस भूमेमा भव्यताका साथ मनाइने

simarekha

रुकुम पूर्वको भूमे गाउँ कार्यपालिकाको कार्यालय, खाबाङबगरमा २०८० फागुन २५ गते शुक्रबार को दिन १ सय १४ औं अन्तराष्ट्रिय महिला दिवस मनाईने भएको छ । महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी” भन्ने राष्ट्रिय नारासहित देशव्यपी रुपमा अभियानको भव्यताका साथ दिवस मनाउने कार्यक्रम रहेको भूमे गाउँपालिका प्रशासन शाखाका प्रशासन सहायक चेतन बुढा मगरले जान्कारी दिनुभएको छ । बुढाका अनुसार गाउँपालिका र विभिन्न साझेदार संघ संस्थाहरुसँगको संयुक्त आयोजनामा विशेष कार्यक्रम सञ्चालन गरी दिवस मनाउन लागिएको हो । 

दिवसलाई सफल बनाउनको लागि गाउँपालिकाभित्र रहेका ९ वटै वडाका आमा समूह, महिला उद्यमी समूह, महिला सहकारी, क्लब, टोल विकास संस्था तथा महिलाको क्षेत्रमा काम गर्ने सबै संघ संस्था सबैलाई विभिन्न विधामा रहेका प्रतियोगितामा सक्रिय सहभागिताका हुन अनुरोध गरिएको छ । 

उक्त दिवशको अवशरमा सामुहिक लोकगीत प्रतियोगिता “महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी” भन्ने शिर्षकमा वकतृत्वकला प्रतियोगिता र महिला रस्साकसी प्रतियोगिता रहेको छ । प्रतियोगितामा भाग लिने व्यक्ति तथा समूहरुले फागुन २४ गतेभित्र आफ्नो नाम दर्ता गर्नुपर्ने बताइएको छ ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार