राजनीति

अखिल क्रान्तिकारी द्वारा आयाेजित सहिद सप्ताह कार्यक्रम सम्पन्न

simarekha

खिल क्रान्तिकारी रुकुमपूर्वले सहिद सप्ताहको अबसरमा आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा भूमे ५ सेराबाङ निवासि बिसनमाया विश्वकर्मा प्रथम हुनुभएको छ भने सिस्ने ६ रुकुमकोट निवासि सोनिलिजा गौतम दोस्रो र भूमे २ निवासि आस्था सुनार तेस्रो स्थान हासिल गर्न सफल हुनुभएको छ ।

त्यस्तै जनवादी नृत्य प्रतियोगिताममा भूमे २ सैपातुङ निवासि दिलकुमारि रोका प्रथम, सिस्ने ६ छिप्रिदह निवासि प्रिया खड्का दोस्रो र भूमे ३ मोराबाङ निवासि पार्वति सुनार तेस्रो हुनुभएको छ । यी दुबै  प्रतियोगितामा स्थान हासिल गर्नेहरुलाई क्रमशः पाँच हजार, तीन हजार र २ हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको अखिल क्रान्तिकारि जिल्ला संयोजक चन्द्र रसाइलीले जानकारी दिनुभएको छ । 

सहिद सप्ताह कार्यक्रमलाई सम्बाेधन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् कार्यक्रमका प्रमुख अतिथि रामसुर बुढामगर ( बिरता ) ले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल लगाएत झापा बिद्रोहको बेला बन्दी योद्दाहरुलाई सुखानिमा हत्या गरिएका सहिदहरुलाई स्मरण गर्दै बिद्यार्थी संगठन अखिल क्रान्तिकारी रुकुमपूर्वले गरेको यो रचनात्मक कार्यप्रति धन्यवाद  व्यक्त गर्नुभएको छ । हिजोको आन्दोलनमा लडाइँको व्याटलमा जाँदा भावनात्मक रुपमा जनवादी गित संगितहरुको रचना प्रस्फुटन हुन्थ्यो आजको परिस्थितिसम्म आइपुग्दा जनवादी गित हराएका हुन कि भन्ने लागेको थियो तर विद्यार्थी संगठनले गरेको जनवादी नृत्य प्रस्तुतले ताजा स्मरण भएको बताउनुभयो । नेता बिरताले हिजोको बिद्यार्थी आन्दोलनमा लाग्दाका स्मरण गर्दै समाजमा धनी र गरिवको खाँडलसँगै शिक्षामा समानताका लागि आन्दोलनमा होमिएको जनाउनुभयो । 

शुभकामना मन्तव्य राख्दै नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सचिवालय सदस्य एवम् भूमे गाउँपालिका सरकार प्रमुख होमप्रकाश श्रेष्ठ (हिमाल) ले जनयुद्धको झल्को दिनेगरि आजको सहिद सप्ताह मनाइएको बताउनुभएको छ । यस्तै श्रेष्ठले माओवादीको जनबर्गिय संगठन मध्य नै अखिल क्रान्तिकारी अग्रनि रुपमा रहेको दावि गर्दै आजको दिनभर नयाँ पुस्तासँग साक्षात्कार भई स्मरणीय इतिहासलाई जिवित राख्नका लागि एउटा खुड्किलो लिएको र इतिहास बचाउने कुरामा क्रान्तिकारी बिद्यार्थीहरुको जिम्मेवारी आएको बताउनुभएको छ । १० बर्षे जनयुद्धमा बिद्यार्थीहरुले पनि लडाइँमा ठुलो योगदान खेलेको जिकिर समेत गर्नुभएको छ । 


नेकपा माओवादी केन्द्रकि रुकुमपूर्व जिल्ला संयोजक कुमारि बराल गौतम (विपना) ले शुभकामना मन्तव्य राख्दै जनयुद्धमा योद्दा मात्रै नभइ सर्वसाधारण जनताहरुले पनि ज्यान गुमाउनुपरेको बताउनुभयो । जनयुद्दले २४० बर्ष पुरानो राजतन्त्रको अन्त्य गरि संघिय लोकतान्त्रिक गणतन्त्रले स्थापित गरेका तमाम उपलब्धिहरुको देन नै सहिदहरुको नै भएको दावि गर्नुभएको छ । संयोजक बरालका अनुसार बर्तमान समयमा राजावादी शक्तिहरुका कारण संघियता धरापमा गइरहेको छ । बिद्यार्थी जीवन भनेको नयाँ नयाँ खोज गर्ने उमेर भएको र भविष्यको जिम्मेवारी लिएका सबल जनशक्ति भएकोले उपलब्धि र व्यवस्थाको रक्षा गर्ने कार्यभार आइपुगेको नेता बरालले बताउनुभएको छ । 

अखिल क्रान्तिकारी रुकुमपूर्वका संयोजक चन्द्र रसाइलीले कार्यक्रम समापन गर्दै सहिदहरुलाई माओवादी मात्रै नभई आम जनताले नै सम्झिनुपर्ने र सहिद सप्ताह देशव्यापी रुपमा सबैले मनाउनुपर्ने बताउनुभयो उहाले जनयुद्धका उपलब्धिहरुलाई प्रतिक्रियावादीहरुले अवमूल्यन गर्न खोजेमा माओवादी आन्दोलन फेरि पनि नयाँ ढंगबाट उठ्न सक्ने चेतावनी दिनुभएको छ ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार