कृर्षी

चारगाउँकाे सुन्ताला बिक्री भएन

पुथा ८ चारगाउँमामा सडक सञ्जाल नजोडिदा सुन्तलाले बजार पाएन 
simarekha

रुकुम पुर्वको पुथा उत्तरगङ्गा गाउँपालिका ८ नम्बर वडाको चारगाउमा सुन्ताला फल्यो तर बजार नपाउदा किसान चिन्तित बनेका छन ।

जिल्लाको पुथा उत्तरगङ्गा गाउँपलिका ८ चारगाउँको गराली र गुङ्गमा अत्याधिक मात्रामा सुन्ताला फलेको छ तर सुन्तला बारीमै झरेर कुहिनथालेका छन । सडक सञ्जाल नजोडिएको कारणले सुन्तालाले बजार पाउन नसकेको स्थानीयहरुको भनाइ छ  ।

सदरमुकाम रुकुमकोट देखि भौगोलिक दुरिले अलि टाढारहेको चारगाउँमा सडक अझै पुगेको छैन । सडक नपुग्दा त्यहाँको हिउदे नगदे बाली सुन्ताला र बर्खे नगदे बाली स्याउ बोटमै झरेर कुहिने गर्छन ।

चारगाउँ यस्तो ठाउँ हो जहाँ फागुन लागी सक्दा सम्म पनि सुन्तला बोटमै हुने गर्छ तर यहाँका किसान भने सुन्ताला बिक्री नहुदा आफुहरु मर्कामा परेका बाताउँछन  । आफुले गरेको खेती एतिकै कुहिने होकि भन्ने डर भएको पुथा ८ गरालिका कृषक प्रेम मल्लले बताउनु भएको छ । मल्ल भन्नू हुन्छ “सुन्ताला उत्पादन गरेर मात्र के गर्नु सुन्तालाले बजार पाउदैन सदरमुकामसम्म लैजान सडक बाटो छैन घोडा खच्चडबाट लगौ भने आफुहरुलाइ खच्चड धुवानी गरेको ठिक्क हुने गर्छ ।”

कृषक अर्जुन बुढाको पनि गुनासो उस्तै छ बुढा बिगत ६/७ बर्ष देखि सुन्तला खेतिमै लाग्नु भएको छ । उहाँ भन्नुहुन्छ “हामी उत्पादन जति पनि गर्न सक्छौ तर सरकारले बजारिकरणका लागि पहल गरिदिनु पर्यो यहाँ फागुन पहिलो सातासम्म पनि सुन्ताला बोटमै रहन्छन् ।”

यदि स्थानीय सरकारले चिस्यान केन्द्रको स्थापना  गरिदिए बेमौसममा पनि अर्गानिक सुन्ताला पाउन सकिने कृषकहरुको भनाइ रहेको छ ।  

त्यस्तै पुथा उत्तगङगा गाउपालिकाको ७ नम्बर वडाको पनि पिडा उस्तै छ । बारिमा फलाएको तरकारी फलफूलले बजार नपाउदा किसान मारमा पर्ने गरेको पुथा ७ का स्थानीय पन्च बहादुर के सिले बताउनु भएको छ । केसि भन्नू हुन्छ “तिनै तहको सरकार मिलेर सडक बाटो बनाइदिए यहाँको उत्पादन सदरमुकाम सम्म लगेर बिक्री गर्न हुन्थ्यो ।” पुथा उत्तरगंगा गाउँपालिका तथा प्रदेश र संघ सरकारले पुथा ८ लाई पछि पारेको त्यहाँका स्थानीयहरुको गुनासो रहेको छ ।।

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार